२० मंसिर, कपिलवस्तु ।

स्थानीय प्रशासनले कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रलाई आज विहान ६ बजेबाट निषेधित क्षेत्र तोकेको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीको अध्यक्षतामा आईतवार राती वसेको जिल्ला सुरक्षा समितिको वैठकले जिल्ला प्रशासन कार्यालय चोकदेखि पूर्वमा बाणिज्य बैंक सम्म, उत्तरमा कृषी विकास बैंक हुदै महिता चोक सम्म, दक्षिणमा आन्दोलन चोक सम्म, पश्चिममा गौढी चोक हुदै उत्तर भिच्छु चोक सम्मको क्षेत्रलाई निषेशित क्षेत्र कायम गरेको जनाएको छ ।

baneshwor   birodh raprapa (5)

हालै संबिधान संशोधन प्रस्ताव दर्ताको बिरुद्ध कपिलवस्तु जिल्लाको बिभिन्न स्थानमा बिरोध र समर्थनमा निस्किएको एवं देखिएको जुलुस, सभा र पुत्ला दहन तथा बिभिन्न कार्यक्रमले गर्दा जिल्लाको शान्ति सुव्यवस्थामा खलबल हुन सक्ने अवस्था देखिएकाले तयस्ता खालका कृयाकलाप हुन गर्न नदिन र जिल्लाको सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै स्थानिय प्रशासन निषेधित क्षेत्र घोषणा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बुढाथोकीले बताए ।

५ नम्बर प्रदेशलाई टुक्र्याउने संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमाले लगायतका दलले जिल्ला सदमुकाम तौलिहवामा विरोध प्रदर्शन गर्दै आएका छन् ।