कुशल श्रेष्ठ

मोटोपनाको कारण- वंशाणुगत गुण, चिन्ता, खराब सुत्ने बानी अनि खानेकुरामा लापरवाही।

तर, तपाईँलाई आफ्नो तौल घटाउन मन छ भने गाईको दूध पिउनुहोस्। अनि तौल बढाउन मन छ भने भैँसीको दूध पिउनुहोस्।Drink Cow's Milk to reduce obesity

साथै तौल घटाउनको लागि हामीले पहिल्यै पनि थुप्रै घरेलु उपायहरूको बारेमा जानकारी दिइसकेका छौँ, हेर्नुहोस्ः

विभिन्न खोज र रिसर्चका आधारमा हामीले यस्ता ५ प्रकारका दूधको बारेमा पत्ता लगायौँ, जसले मोटोपनाबाट पीडित व्यक्तिहरूको तौल घटाउनमा मद्दत गर्दछ। साथै कस्तो व्यक्तिले कुन दूध पिउन हुन्छ र कुन पिउनुहुँदैन भनेर पनि जानकारी दिनेछौँ।

थाहा पाउन पढ्दै जानुहोस्ः
१. गाईको दूध
  • गाईको दूधमा क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, भिटामिन-डी, भिटामिन-बी र अन्य खनीजपदार्थहरू पाइन्छन्।
  • यदि तपाईँ आफ्नो तौल घटाउन चाहनुहुन्छ भने गाईको दूध फाइदाजनक हुन्छ। यसको १०० मि.ली. मा केवल ६१ क्यालोरी ऊर्जा हुन्छ, जसले रक्तचाप पनि हुन दिँदैन।Cow's Milk
  • साथै, तपाईँलाई पाचन सम्बन्धी समस्या छ भने पनि गाईको दूध पिउनुहोस्। नवजात शिशुहरूलाई पनि गाईको दूध दिइने गरिन्छ, किनभने यसलाई सजिलैसित पचाउन सकिन्छ।
कस्तो व्यक्तिले नपिउने?
  • रुघाखोकी लागेको छ भने गाईको दूध पिउनुहुँदैन।
(रुघा र खोकीलाई घरमै बसीबसी निको पार्ने ८ विधि)
२. सोयाको दूध
  • सोयाबिनबाट सोयाको दूध बनाइन्छ। यसमा पनि गाईको दूधमा जत्तिकै प्रोटिन पाइन्छ भने फ्याटि एसिड, फाइबर, भिटामिन र खनीजपदार्थहरू पनि पाइन्छन्, जुन हाम्रो मुटुको लागि फाइदाजनक हुन्छ र खराब कोलेस्ट्रोललाई कम गरी मोटोपनाबाट पनि राहत प्रदान गर्दछ।Soy Milk
कस्तो व्यक्तिले नपिउने?
  • जसलाई गलगाँडसम्बन्धी समस्याले सताएको छ, उसले सोयाको दूध पिउनु हानिकारक हुन्छ।
३. चामलको दूध
  • चामललाई पानीसँग उच्च तापक्रममा उमालेर चामलको दूध बनाइन्छ। यसलाई नेपालमा सामान्य भाषामा ‘भातको माड’ पनि भनिन्छ, तर भातको माडलाई चामलको दूध भन्न अलि मिल्दैन।Rice Milk
  • जसलाई ‘ल्याक्टोज इन्टोलरेन्स’ (Lactose Intolerance– दूधको एलर्जी) को समस्या छ, उसको लागि चामलको दूध उचित हुन्छ।
  • चामलको दूधमा कार्बोहाइड्रेट बढि र प्रोटिन कम हुन्छ। त्यसैले यसलाई मधुमेहबाट ग्रसित, मोटोपनाबाट पीडित, वृद्धवृद्धाहरू र खेलाडिहरूले पिउँदा फाइदाकारी हुन्छ।
कस्तो व्यक्तिले नपिउने?
  • जसलाई हाडजोर्नीसम्बन्धी समस्या छ, उसले चामलको दूध नपिउँदा नै उचित हुन्छ।
(अब घरमै बसेर बाथ मुटुरोगको उपचार)
४. नरीवलको दूध
  • मानव शरीरको हरेक प्रणाली (स्वासप्रश्वास, स्नायू, रक्तसञ्चार, प्रजनन, अस्थिपञ्जर, पाचन, प्रतिरक्षा)लाई मजबुत बनाउन र वृद्धिविकास गर्न नरीवलको दूधमा हुने क्याल्सियम, पोटासियम र क्लोराइडले मद्दत गर्दछ।
  • साथै यसमा भएको भिटामिन, फलाम, फाइबर र केप्रिलिक एसिडले पनि शरीरको वृद्धिविकासमा टेवा पुर्याउँदछ।Coconut Milk
  • नरीवलको दूधलाई ‘एण्टिअक्सिडेण्ट’ र ‘एण्टिब्याक्टेरियल’ पनि मानिन्छ। मतलब यसले मुटुसम्बन्धी समस्याबाट राहत प्रदान गरी शरीरमा जम्मा भएका अनावश्यक बोसोलाई घटाउँदछ भने हानिकारक ब्याक्टेरियाहरूलाई पनि नष्ट गर्दछ।
कस्तो व्यक्तिले नपिउने?
  • नरीवलको एलर्जी हुने व्यक्तिहरूले नरीवलको दूध नपिउनुहोला।
५. बदामको दूध
  • बदामबाट बनाइएको दूधमा कत्ति पनि कोलेस्ट्रोल हुँदैन, मतलब मुटुको लागि एकदमै फाइदाजनक हुन्छ। साथै यसमा क्यालोरीको मात्रा पनि कमि नै हुन्छ।Almond Milk
  • यसमा भएको प्रोटिन, भिटामिन-ई, म्याग्नेसियम, म्याङ्गानिज, तामा र राइबोफ्लेविनले मुटुरोग, मधुमेह तथा प्रतिरक्षाप्रणाली सम्बन्धी समस्याबाट पनि राहत प्रदान गर्दछ।
कस्तो व्यक्तिले नपिउने?
  • बदामको एलर्जी र बाथ रोग भएकाहरूले बदामको दूध पिउनुहुँदैन।
(एलर्जीबाट बच्न प्रतिरक्षा प्रणालीलाई सुधार गर्नुपर्छ, कसरी?)