७ भदौं, काठमाडौं ।

डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताको ठाडो उलंघन गर्दै झुटो प्रतिवेदन बनाएर कुनै पनि पूर्वाधार पुरा नगरेको मेडिकल कलेजलाई सम्बन्धत दिएको भन्दै त्रिवि उपकुलपतिको राजिनामा माग्दै विरोध प्रदर्शन भएको छ ।

कालिकास्थान स्थित काठमाडौँ नेसनल मेडिकल कलेजलाई त्रिभूवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाले अबैध सम्बन्दन दिएको भन्दै विवेकशील साझा पार्टीका कार्यकर्ताहरुले खनियाको राजिनामा माग्दै सिंहदरबार हनुमानस्थान अगाडी घण्ट सभा गरेका हुन् ।

उक्त सम्बन्धन तत्कालै खारेज गरि माथेमा आयोगको प्रतिवेदन अनुरुप चिकित्सा शिक्षा ऐन पास गरेर मात्र सम्बन्धनको काम आगाडी बढाउन पार्टीले माग गरेको छ ।