२६ भदौ, काठमाडौं ।

मलेरियामा जारी एसीसी १९ वर्षमुनीको क्रिकेटमा थाइल्याण्ड विरुद्ध नेपालले सान्दार जित दर्ता गरेको छ । नेपाल थाइल्याण्डलाई २५५ रनको विशाल रनले पराजित गर्न सफल भयो ।

नेपाल आज बलिङ र व्याटिङ दुबैमा अब्बल देखियो । टर जितेर पहिलो व्याटिङमा उत्रेको नेपालले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा २८१ रन बनाउन सफल भयो ।

नेपालका लागि अनिलकुमार साह र प्रनित थापाले अधै सतक प्रहार गरे । २८२ रनको लक्ष्यका साथ मैदानमा उत्रेको थाइल्याण्ड नेपाली बलरसामू टिक्नै सकेन ।

थाइल्याण्डले हरेक ओभरमा एक विकेट गुमाउँदै गयो र १० ओभरको खेलमा सबै १० विकेट गुमायो । वलिङ तर्फ नेपालका सन्दिप लामिछाने नायक बने । उनले थाइल्याण्डको ७ विकेट झारे ।

नन्दन यादवले पहिलो बलमै पहिलो विकेट झार्न सफल भए । किशोर महतो र दिपेन्द्र सिंह ऐरीको नाममा एक एक विकेट रह्यो ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले समूह चरणमा थाइल्याण्डसंगै सिंगापुर र भुटानसंग प्रतिस्पर्धा गर्नेछ । समूह बी मा मलेसिया, चीन, हङकङ र म्यानमार रहेका छन । नेपालले समूह चरणमा आउँदो बुधवार भुटानसंग र बिहिवार सिंगापुरसंग प्रतिस्पर्धा गर्नेछ ।

दुवै समूहका शीर्ष टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । उपाधि विजेता टोलीले १९ वर्षमुनीको एसियाकप छनोट खेल्न पाउनेछ ।