१९ बैशाख, काठमाडौं । सरकारबाट राप्रपा बाहिरिएपछि लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छादार सरकारमा जाने लगभग पक्का भएको छ ।

गच्छादारलाई कमल थापाको स्थानमा उपप्रधान सहित स्थानीय विकास या गृहमन्त्रालय दिएर भएपनि सरकारमा तत्काल सामेल गराइहाल्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहालले तयारी गरेको स्रोतको दाबी छ । गच्छादारको पार्टीलाई उपप्रधान सहित ३ मन्त्रालय दिने तयारी छ ।

राप्रपाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै सोमबार(हिजोे) साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले गच्छादारलाई वालुवाटार डाकेर छलफल गरेका छन् । भेटमा प्रधानमन्त्रीले सरकारमा निर्णयहरुमा प्रतिक्रिया मागेको स्रोतले बतायो । जवाफमा गच्छादारले सरकारलाई आफ्नो पार्टी समर्थन यथावत रहेको बताएका थिए ।