बलिउड सुपरस्टार अमिर खानको बहुप्रतिक्षित चलचित्र दंगलको ट्रेलर सार्वजनिक भएको छ। यो त्यही  चलचित्र हो जसका लागि अमिरले आफ्नो  तौल २५ किलोले बढाएका थिए।amir-khan-dangal-scene

३ मिनेट २५ सेकेण्ड लामो ट्रेलर धमाकेदार छ। एकै दिनमा ट्रेलरले निकै राम्रो रेसपन्स पाएको छ। चलचित्रमा  अमिर खानले  त्यस्तो पिताको भुमिकामा छन् जो आफूले पुरा गर्न नसकेको देशका लागि स्वर्ण पदक जित्ने सपना छोराबाट पुरा गराउन चाहन्छन्।उनी कुश्ती खेलमा आफ्नो छोराले देशका लागि स्वर्ण जितोस भन्ने सपना हुन्छ।  तर उनले सन्तानका रुपमा  दुइ छोरी प्राप्त गर्दछन्। चलचित्र छोरीहरुमाथि बनेको छ।

 

महाभिर सिंह फोगटका रुपमा ट्रेलरमै अमिर खान जमेका छन्।

हेर्नहोस ट्रेलर

 

ट्रेलर सार्वजनिक गर्नअघि अमिर खानले ट्विटरमा यस्तो लेखेका थिए।