संगिता कुवँर
२० असार, जापान, टोकियो ।

साझा पार्टी नेपालका संयोजक रविन्द्र मिश्रले दक्ष युवालाई छिटो स्वदेश फर्कन अनुरोध गरेका छन् । दिगो बिकासका लागी पारस्पारिक मैत्री समूह क्ष्ल्ँक्म् जापानले टोकियोमा गरेको ‘समृद्ध नेपाल निर्माणमा प्रवासीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

तत्काल स्वदेश फर्कन नसक्नेहरु विदेशबाटै देशमा लगानी र माया गरिदिए पनि देश बनाउन सकिने मिश्रको भनाई थियो । नराम्रो भए पनि आफ्नो देश प्यारो लाग्ने बताउदै मिश्रले अरुको देश सुन्दर भनेर प्रशंसा गर्नुभन्दा हाम्रो देश पनि सुन्दर बनाउन जसले जहाँबाट जे सक्छ त्यो सुरु गर्न आवाह्वान गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पुर्व कुलपति प्रा. डा. केदारनाथ माथेमाले नेपाल विकासको लागि जुर्मुराउदै गरेकोले अब विदेशमा दक्ष बनेका युवा देश बनाउन फर्कने समय आएको बताए ।

देशलाई परिर्वतन गर्न सबैभन्दा पहिले आफू परिवर्तन हुन आवश्यक रहेको बताउदै माधेमाले देशको विकासका लागि युवा पुस्ता शिक्षामा अगाडि आउनै पर्ने उनको भनाई थियो ।

जापानका लागि नेपालका पूर्व राजदुत समेत रहेका माथेमाले जापानको प्रगति स्रोत र पैसाले नभएर संस्कारले बनेको टिप्पणी गर्दै समयमै काम गर्ने संस्कार र मेहनत गर्ने बानी, ईमानदारिता, कामको सम्मान गर्न सके नेपाल पनि विकसित देश बन्न समय नलाग्ने बताए । हरेक काम सिक्न उमेरले नछेक्ने भएकोले सिक्ने कुरामा पछि नपर्न पनि उनले अनुरोध गरे ।

जापानको चुकुवा विश्व विद्यालयका प्राध्यापक डा. कमल लामिछानेले स्वयं आफैसँग ईमान नहुनेले अरुसँग ईमानदार बन्न नसक्ने बताउदै सबै नेपालीहरु पनि आफु ईमान्दार भएर हरेक पेशा र कामलाई सम्मान गर्न अनुरोध गरे ।

कर्याक्रममा पत्रकार प्रेम बानियाँले देश छोडेर परदेशिदैमा देश छोडेर भाग्यो भन्ने आरोप लगाउनु गलत रहेको बताँउदै आपूm अध्ययनको शिलशिलामा अमेरिका गएको बताए । अध्ययन पश्चात नेपाल फर्किने उनको वाचा थियो ।

साथै बिदेशमा रहेका नेपालीलाई अब ज्ञान, शिप र क्षमता भएका नेपाली ‘नेपाल फर्क वा ‘आमालाई संझेर घर फर्क’ जस्ता अभियान सुरु गर्नुपर्ने उनको भनाई थियो ।

५ सय जनाको सिट क्षमता रहेको नाकोनो जिरो हलमा सिट क्षमताभन्दा बाक्लो उपस्थिति रहेको थियो । विशेष गरि टोकियोमा सांस्कृतिक कार्यक्रममा बाक्लो सहभागिता हुने गरे पनि आईतबारको कार्यक्रममा बौद्धिक जमातको उपस्थिति रहेको थियो ।