७ असार, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा बच्चीमायाँ परियार निर्विरोध चयन भएकी छन ।

नेकपा (एमाले)बाट प्रतिस्पर्धामा उत्रिएकी ६० वर्षीया बच्चीमायाँको विपक्षमा अन्य पार्टीले उम्मेदवारी दिन नसकेपछि उनी निर्विरोध चयन भएकी हुन ।

दलित महिला सदस्यमा एक मात्र बच्चीमायाँको उम्मेदवारी परेकाले उनी निर्विरोध भएको निर्वाचन अधिकृत सीताराम सिग्देलले बताए ।