मसलालाई दुई वटा फाइदाका लागि प्रयोग गर्न सकिन्छ । खानालाई स्वादिष्ट बनाउँन र लाई औषधिको रुपमा पनि प्रयोग गर्न सक्छौ । त्यसो भए, थाहा पाउनुहोस् कुन मसला के को उपचारमा प्रयोग गर्न सकिन्छ ?

पेट दुख्दा – पेट दुखेमा एक चम्चा घिउम हिंग मिसाएर पिउँनाले आराम मिल्छ । यसबाहेक पुदिना र कागतीको रसमा आधा चम्चा अदुवाको रस र थोरै कालो नुन मिलाएर पिउनाले राहत मिल्छ ।

रुघा–ज्वरोका लागि – रुघा–खोकी तथा ज्वरो जस्ता सामान्य रोगका लागि औषधि नलिनु भए राम्रो हुन्छ । औषधिको ठाउँमा कालो मरिच र ल्वाग सेवन गर्न सक्नुहुन्छ । यसले तपाईलाई विस्तारै राहत दिन्छ ।

दाँतको दुखाईका लागि – दाँत दुखेमा ल्वांगको प्रयोग गर्न सकिन्छ । नुन र कालो मरिचका एक चौथाई मिश्रणमा केही थोपा पानी मिलाएर लगाउँनाले पनि केही राहत मिल्छ । यसबाहेक ज्वनोको पातको तेल लगाउँनाले पनि दाँत दुखाईमा राहत मिल्छ । यदि तपाईसँग कुनै उपाय छैन भने तपाई काँचो प्याजको टुक्रालाई कम्तिमा ३ मिनेटसम्म चबाउँन सक्नुहुन्छ ।

टाउँको दुख्दा – टाउँको दुखाईको निदानका लागि दालचीनीलाई पानीमा मिलाएर बारिक पेस्ट बनाएर पेस्ट बनाउँनुहोस् । पेस्टलाई टाउँको लगाएर छोडिदिनुहोस् । यसबाहेक १०–२० ग्राम तुलसीको पात चबाउँनुहोस् वा यसको ‘काढा’ बनाएर पिउनुहोस् ।