८ वैशाख, बैतडी ।

बैतडीकोे डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका लागि सहोदर दाजुभाइ कर्णबहादुर राना र लोकेन्द्रबहादुर राना चुनावी मैदानमा उत्रिने भएका छन् ।

कर्णबहादुर नेपाली काँग्रेस र लोकेन्द्रबहादुर नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिने भएका हुन् ।

“हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट अध्यक्ष पदको उम्मेदवार बनेका छौँ । भाइ नाता पारिवारिक नाता हो । हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट उम्मेदवार बनेका हौँ” – कर्णबहादुर रानाले भने।

आफू १४ वर्षको उमेरदेखि नै माओवादीमा लागेको र अहिले गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेको लोकेन्द्रबहादुर रानाले बताए ।

उनले भने – “माओवादीले उठाएको सङ्घीयताको मुद्दा कार्यान्वयनमा ल्याउनका लागि मेरो उम्मेदवारी हो । मेरो दाजुसँग पारिवारिक नाता छ । विचार हामी दुईको फरक छ । त्यसैले हामीले अलग अलग दलबाट उम्मेदवारी दिएका छौँ ।” रासस