८ फागुन, एजेन्सी ।

बेलारुसमा एक सम्पादकले आफ्नो दाबी गलत सिद्ध भएपछि आफ्नै पत्रिका खाएका छन् । उनले देशको आइस हक्की खेल्ने एक टिमबारे एउटा दाबी राखेका थिए ।

ब्याचलाव फेडोरेनकोव बेलारुसको चर्चित अखबार प्रेसवालका सम्पादक हुन् । त्यहाँका चर्चित हकी खेलाडी डाइनामो मिंस्क महादेशिय हकी लिगमा (कन्टिनेन्टल हकी लिग) पुग्ने छैनन् भनी उनले एक रिपोर्टमा दाबी गरेका थिए ।

यो एक अन्तराष्ट्रिय लिग हो । जसमा रुसका खेलाडिको प्रभुत्व रहन्छ ।

साथै उनको दाबीमा भनिएको थियो,  “यदि यो रिपोर्ट गलत सावित भयो भने मैले आफैले लेखेका यी शब्द सहितको पत्रिका चपाउनेछु ।”

अन्तत: यी सम्पादकको यस्तो दाबी गलत सावित भयो। । डाइनामो मिंस्कको समुहले राम्रो खेल प्रदर्शन गर्दै रेकर्ड तोड्यो र लिगमा आफ्नो स्थान जमायो।

सो खेल सकिएपछि यी सम्पादक आफुले छापेको रिपोर्ट सहितको पत्रिकार लिएर प्रेस सेन्टर पुगेका थिए । त्यहाँ उनले एउटा सुपको कचौरा मगाए र त्यसमा त्यहि अखवारको पेज चोपेर खाए । एक वेबसाइट लेख्छ, ‘सुपको मात्रा थोरै भएकाले उनले पुरै अखबार भने खान सकेनन् ।’