सन् १४७५ मा जन्मेका माइकलएन्जेलो निकै चर्चित चित्रकार थिए। ‘दिमागले चित्र बनाउँछु, हातले हैन’, उनलाई थाहा थिएन ५०० वर्ष पछि विज्ञानले उनको यो सोचलाई कहाँसम्म पुर्याउँछ भनी।

मानिसको दिमाग दुई भागमा बाँडिएको हुन्छ, देब्रे र दाहिने पाटो फरक फरक हुन्छ। दुवै भागको भिन्न भिन्न काम हुन्छ। चित्र बनाउनु दिमागको काम हो, अझ दाहिने तिरको दिमागको काम हो चित्रकला।

दिमागको दाहिने र देब्रेपाटोको काम के के भन्ने बारेमा ठाँउ अनुसार फरक फरक धारणा सुन्न पाइन्छ। दिमागको दाहिने पाटोले शरिरको देब्रेपाटोलाई नियन्त्रण गर्छ भने दिमागको देब्रेपाटोले शरिरको दाहिने पाटोलाई नियन्त्रण गर्छ। दाहिने हातले कम्प्युटर वा मोबाइल चलाउदै हुनुहुन्छ भने त्यो तपाईको देब्रे दिमागको काम हो।

देब्रे दिमागको काम तर्क सम्बन्धित हुन्छ। विश्लेषण गर्ने, चनाखो हुने, वस्तुपरक सोच राख्न सक्ने, अनि तपाईलाई तर्कसंगत बनाउने काम देब्रे दिमागले गर्छ।
आफुले बोल्ने भाषा, जानेका तथ्यहरु, विज्ञान, गणित अनि रणनिति देब्रे दिमागको काग हो।

दाहिने दिमागको काम नितान्त फरक छ। भावना, कल्पना, विश्वास अनि विषयपरक सोच राख्ने काम दाहिने दिमागले गर्छ। तपाईलाई रचनात्मक बनाउने,ज्ञानी अनि विचारशील बनाउने, आँखाले देखेका दृश्यलाई सम्पादन देब्रे दिमागको काम हो।left and right brain work

दिमागलाई शरिरका अन्य अंगसंग तुलना गर्न सकिन्छ, जति प्रयोग गरिन्छ त्यति राम्रो हुदै जान्छ। शारिरीक कसतर झै दिमागको पनि कसरत गराउन सकिन्छ। कसरी गर्ने दिमागको कसरत?

देब्रे दिमागको कसरत

शब्द अनि व्याकरण मिलेको तर छोटो वाक्यहरु बनाउनाले देब्रे दिमागको तर्क गर्न सक्ने गुणमा विकास हुन्छ। ट्वीटर चलाउनु भएको छ होला, फेसबुक झै ट्वीटरमा लामो ‘स्टेटस’ राख्न मिल्दैन। जति लेख्नु छ १५० अक्षरमा अटाउनु पर्छ। आफुले भन्न चाहेको वाक्यलाई शब्द सीमा तोक्दा देब्रे दिमागको प्रयोग उचित ढङ्गले गर्न सकिन्छ।

सोच्नु पर्ने खेल तथा कार्यहरु जस्तै, क्रसवर्ड, सुडोकु, चेस अनि गणितका अप्ठ्यारा समस्या समाधान गर्ने बानीले देब्रे दिमागको राम्रो प्रयोग हुन्छ। अनलाईनमा सजिलै भेट्न सकिने विभिन्न किसिमका टेस्टहरुको प्रयोगले आफ्नो क्षमता अनि सोच्न सक्ने खुबी निखार्न सकिन्छ।

व्यवस्थित ढङ्गले काम गर्दा समयको त बचत हुन्छ नै गरेको कामको प्रतिफल पनि राम्रो पाइन्छ। यसरी समय-तालिका बनाएर कार्य गर्दा देब्रे दिमागको भरपुर उपयोग गर्न सकिन्छ।

नयाँ शीप, भाषा वा काम सिक्नुहोस्। यस्तो गर्नाले देब्रे दिमागको कार्यमा निखारता आउँछ।

किताब पढ्ने गर्नुहोस्। तर होस गर्नुहोस् किताब सरर मात्र पढ्नाले कालान्तरमा तपाईको देब्रे दिमाग कमजोर बनाउँछ। ध्यान दिएर पढ्नुहोस्, बुझेर पढ्नुहोस्।

दाहिने दिमागको कसरत

फोटोग्राफिक मेमोरी बढाउन ध्यान दिएर हेर्नेबानी गर्नुहोस्। टेबल अगाडी हुनुहुन्छ भने केही मिनेट ध्यानले सबै टेबलमाथी राखिएका वस्तुहरु हेर्नुहोस्। आँखा चिम्म गर्नुहोस् अनि ती टेबलमा भएका चिजहरु याद गर्ने प्रयास गर्नुहोस्। नाम याद गर्ने होइन, जे आँखाले देख्नु भयो सो याद गर्नुहोस्। दैनिक यस्तो अभ्यासले तपाईको फोटोग्राफिक स्मरणशक्ति बढ्छ। अनि झट्ट केही देख्दा वा पढ्दा पनि तपाइले राम्रोसंग सम्झनसक्ने गुणको विकास हुन्छ।

दाहिने दिमाग रचनात्मक कार्य गर्न सक्छ, किनकी दाहिने दिमागले नै कल्पना पनि गर्न सक्छ। दाहिने दिमागको यो कार्यमा निखारता ल्याउन चित्र बनाउने गर्नुहोस्। चित्र जस्तो सुकै बनाएपनि उठ्नहोस् अनि दिनको केही समय चित्र बनाउन लगाउनुहोस्। हातमा रंग बोकेर चित्रबनाउन सुरु गर्नुपूर्व तपाईको दिमागले के बनाउने कल्पना गर्न थाल्छ, अनि रचना गर्छ, सोही अनुसार तपाईको दिमागले हातलाई निर्देशन दिन्छ। यो कार्यले दाहिने दिमागको रचनात्मक गुणमा विकास गर्न सकिन्छ।

संगितमा चासो छ? नृत्यमा चासो छ? अभिनय गर्न सक्नुहुन्छ, वा लेख्न मन लाग्छ? यी सबै दाहिने दिमागको कार्यहरु हुन। सांगितिक बाजा बजाउने कार्यले पनि दाहिने दिमागको राम्रो उपयोग गर्छ।

एउटा जापानी कला छ, कागज पट्याएर विभिन्न आकृति बनाउने जसलाई ‘ओरिगामी’ पनि भनिन्छ। खाली समय छ, कागज लिनुहोस् अनि पट्याउन थाल्नुहोस्। कागज पट्याएरै विभिन्न आकृति बनाउन सकिन्छ। कागजको विमान त पक्कै बनाउनु भएको थियो। अब फरक ढङ्गले पट्याउन सुरु गर्नुहोस्। ओरिगामी सिक्न इन्टरनेटको पनि उपयोग गर्न सकिन्छ। वा घरमै बसी आफै कागज पट्याउदै दाहिने दिमागको सिर्जनशीलतालाई जगाउन सक्नुहुन्छ।

कुनै रणनिति वा उपाय सोच्नुहोस् जुन जीवनमा उपयोग गर्न सकियोस। सोचेर जीवनमा लागु गर्नुहोस्। साथै ब्याटमिन्टन, टेनिस, टेबल टेनिस जस्तो खेल खेल्दा दाहिने दिमाग सबैभन्दा सक्रिय अवस्थामा हुन्छ।

देब्रे र दाहिने दिमाग सक्रियताको सन्तुलन कसरी गर्ने?
१ तपाईको कुन हात बढी प्रयोगमा आउँछ, दाहिने? अब देब्रेले काम गर्न सुरु गर्नुहोस्। देब्रेले लेखेर हेर्नुहोस्। सुरु सुरुमा निकै अप्ठ्यारो लाग्छ। रिस पनि उठ्ला। तर दिनको केही समयको अभ्यासले पनि केही महिनामा त्यो असहजता रहदैन।

२ दिमागको दुवैपाटो एकै साथ प्रयोगमा ल्याउन करिब ८० वर्ष पहिले मनोवैज्ञानिक जोन स्ट्रुपले एक उपाय निकालेका थिए।

रंगिन कलमहरु लिनुहोस, रातो, हरियो, पहेलो, कालो आदि आदि अनि निलो कलमले पहेलो लेख्नुहोस्, कालो कमलले हरियो लेख्नुहोस्, फरक रंगको नाम अर्कै रंगले लेख्नुहोस्। अनि लेखेको पढ्न सुरु गर्नुहोस्, तर पहेलो लेख्नु भएको छ भने ‘पहेलो’ भनि पढ्न पाइदैन, जुन रंगले लेख्नु भएको छ त्यो रंगको नाम लिनुहोस् ।

तलको तस्बिरमा अक्षरहरु (हरियो, निलो, रातो, पहेँलो र कालो) रंगले लेखिएका छन्। पहिलो अक्षर निलो लेखिएको छ हरियो रंगले। प्रत्येक शब्दको रंग पढ्नुहोस्। जस्तो सुरुको निलो शब्दलाई पढ्दा हरियो, दोस्रो निलो….

color code

यस्तो अभ्याले दाहिने र देब्रे दिमागको बिचमा रहेको एक क्षेत्र सक्रिय हुने गर्छ जसले दाहिने र देब्रे दिमागको बिचको सञ्चार राम्रो बनाउन मद्धत गर्छ।