कुशल श्रेष्ठ

‘अमेरिकन हर्ट एसोसियसन’ ले गरेको एक खोजबाट निस्केको नतिजा चकलेटप्रेमिहरूको लागि खुशीको खबर बन्न पुगेको छ। अनुसन्धानकर्ताहरूले दैनिक चकलेट सेवन र मुटुको स्वास्थ्यको बीचमा गहिरो सम्बन्ध रहेको पत्ता लगाएका छन्।

उक्त खोजले १८ वर्षदेखि ६९ वर्षसम्मका ११ सय भन्दा बढि व्यक्तिहरूको खानेबानी र जीवनपद्दतिको २ वर्षसम्म अनुसन्धान गरेको थियो। यसको नतिजा देखेर अनुसन्धानकर्ताहरू पनि उत्साहित भएका थिए। दिनमा कम्तीमा पनि १०० मिलिग्राम चकलेट खानेहरूको शरीरमा इन्सुलिन प्रतिरोधात्मक तत्व र कलेजोको इन्जाइममा कमि हुने उक्त खोजको नतिजाले जनाएको थियो। यी तत्वहरूले मुटुसम्बन्धी रोगको सम्भावनामा वृद्धि गर्दछ।Chocolate Bunny

साथै, चकलेट प्रेमिहरू शारीरिक तवरले सक्रिय रहने, दीर्घकालीन समस्याबाट टाढा रहने र उनीहरूको शरीर पनि ढिलो बूढो हुने खोजबाट पत्ता लागेको छ।

चकलेट स्वस्थ खानेकुरा हो भनेर प्रमाणित गर्ने यो सबैभन्दा नयाँ खोजी हो। गत महिना, जर्नल एपिटाइटमा प्रकाशन भएको एक खोजले नियमित डार्क चकलेट सेवन गर्नाले दिमागको कार्यशक्तिमा सुधार हुने पनि जनाएको थियो भने तार्किक क्षमता र स्मरण शक्तिमा पनि वृद्धि हुने खोजको नतिजाले देखाएको थियो।

चकलेटले हाम्रो शरीरमा गर्ने फाइदाको कारण भनेको यसमा पाइने कोकोआ नै हो भनेर अनुसन्धानकर्ताहरूले बताएका छन्। डार्क चकलेटमा सामान्य चकलेटको भन्दा ३ देखि ७ गुणाले बढि कोकोआ पाइन्छ। अङ्गुर, स्याउ र रेड वाइनमा पनि कोकोआको हलुका मात्रा हुने गर्दछ।

तर एकैदिनमा धेरै चकलेट खाँदा शरीरमा क्यालोरी र गुलियो पदार्थको मात्रा बढ्न गई त्यसको असर ठ्याक्कै उल्टो हुने पनि अनुसन्धानकर्ताहरूले पत्ता लगाएका थिए। उनीहरूले गरेको यस खोजबाट जसले दिनमा २०० मिलिग्रामभन्दा बढि चकलेट सेवन गर्छ उनीहरूमा अधिकांश मोटोपनाको समस्या र कसैकसैमा मधुमेहको सङ्केत देखिएको थियो।Eating Chocolate

त्यसैले दिनमा १०० देखि २०० मिलिग्राम चकलेट खानु उचित हुने विज्ञहरू सुझाव दिन्छन्।

यो पनि हेर्नुहोस्-
यस कारण खानुस् चकलेट
प्रेम र यौनका बारेमा तपाईलाई थाहा नभएका ५ कुरा
८ खाना- जसले चाँडै पेट भराउँछ, धेरै बेर सम्म
पुरुषले खानै पर्ने ८ खाना
सबैको घरमा हुने एकदमै विषाक्त ४ वस्तु, जसले खतरनाक समस्या ल्याइरहेको हुन्छ