थकित हुने, पट्यार मान्ने, झिँझो, झर्को मान्ने, अल्छि गर्ने यो पुस्ताको विशेषता भइसकेको छ। दिन नै सुतेर बिताउने यो आधुनिक मानिएको जमानामा कामको समयमा हाइ आउनु, अल्छि लाग्नु कुनै नौलो कुरा होइन। तर रहनसहन, खानपिन र स्वास्थ्यको कारण सिर्जनशीलता देखाउने समयमा अल्छिपना देखिदाँ बुद्धिमान व्यक्तिले यसको निदानको उपाय खोज्छ।

किन अल्छि लाग्छ त?

निन्द्रा
निन्द्रा शरीरको आवश्यकता हो। राती राम्रोसंग निन्द्रा परेको छैन भने दिउँसो शरीरमा आलस्यता आउँछ। राती सुत्ने समय मोबाइल चलाउने नगर्नुस्। यसले तपाइको निन्द्राको गुणस्तर घटाउँछ, अर्थात शरीरले पर्याप्त आराम पाउँदैन अनि भोलीपल्ट थकित महसुस हुन्छ।

तर राम्रोसंग सुत्नुभएको छ भने पनि पट्यार लाग्ने, वा आलस्यता आउँछ, किन?

आलस्यसंग जुझ्ने केही उपाय छन्।

१. काममा फोकस गर्न सक्नुहुन्न, हाइ मात्र आइरहन्छ भने छोटो पावर न्याप लिनुस्। अर्थात केही मिनेटको लागि सुत्नुस्। १५-२० मिनेट टेबलमै टाउको अड्याएर सुत्नु भए हुन्छ। उठेपछि तपाइले फ्रेस अनुभव गर्नुहुनेछ।

२. स्वास्थ्यको लागि कफि पटक्कै राम्रो होइन। तर निन्द्रा र आलस्यतासंग झुझ्ने कारकार उपाय भने हो। निन्द्राले हैरान गरेको छ भने तातो कफि पिइदिनुस् तत्कालै राहत दिन्छ।

३. कुनै उपायले पनि आलस्यता भगाउँदैन भने केही बेर घर वा अफिसबाट निस्कनुस् अनि हिड्नुस। कम्पाउन्ड, आँगन वा बाटोसम्म पुग्नुस्, एकछिन टहलिनुस्। शारीरिक कर्मले शरीर खुलाउँछ, आलस्यता भगाउँछ।

४. दिनमा कति पानी पिउनुहुन्छ। यदी तपाइको पिसाबको रंग पहेँलो वा त्यो भन्दा पनि गाढा छ भने शरीरमा पानीको कमी भएको छ। प्रशस्त पानी पिउनुस। पिसाबको रंग सफा वा हल्का पहेँलो छ भने शरीरमा पानी पर्याप्त भएको बुझिन्छ। पानीले शरीरमा ताजापन र स्फूर्ति कायम राख्छ।

५. प्याकेट गरिएका अनि बासी खाना खाँदा शरीरले पर्याप्त उर्जा पाउन सक्दैन। उल्टै ती खाना पचाउन शरीरले आफ्नो संचित शक्ति खर्च गर्छ। फलतः निन्द्रा बढी लाग्ने हुन्छ। फलफुल र फ्रेस खाना खाने गर्नुस् शरीर स्फुर्त रहन्छ।

चिन्ता, तनाव र मनमा धेरै कुरा खेलाउने व्यक्ति, अर्थात आफ्नो विचार माथी राम्रो नियन्त्रण नहुँदा शारीरिक र मानसिक थकाइ लाग्ने हुन्छ। त्यसैले बिहान सबेरै उठ्ने गर्नुस, कसरत, व्यायाम, योगा गर्नुस्। यसले हाइ आउने समस्या मात्र होइन अन्य थुप्रै शारीरिक र मानसिक रोग पनि निको पार्दछ।