एजेन्सी ।

यतिबेला चिसो मौषम चलिरहेको छ । यस्तो मौषममा मानिसहरु नियमित नुहाउँदैनन् । यद्यपी कतिपय मानिसहरु नियमित नुहाउने बानी परेका हुन्छन् ।

हालै गरिएको एक अध्यनले दिन दिदै नुहाउनु घातक हुने देखाएको छ । बेलायतको अखबार ‘द सन’ मा प्रकाशित समाचारका अनुसार हरेक दिन नुहाउने ब्यक्तिलाई विरामीको खतरा हुन्छ ।

नियमित नुहाउँदा छालामा हुने आवश्यक तैलिय पदार्थ कम हुने र यसले मानिसलाई अनेक समस्या हुन सक्ने शोधकर्ताहरुले बताएका छन् ।

bathroom mistake 2

अष्ट्रेलियन कलेज पर डर्ममोटोलोजीका अध्यक्ष प्राध्यापक स्टेफेन शुम्याकले शरीरले प्राकृतिक तैलिय पदार्थ उत्पादन गर्न जुन छालाका लागि आवश्यक हुन्छ । नियमितरुपमा नुहाउँदा यो तैलिय पदार्थ बगेर जाने र शरीरलाई कमजोर पार्ने उनले बताएका छन् ।

मुख्यतया छालाको समस्या आउन सक्ने शोधकर्ताको भनाइ छ ।

विहानमा नुहाउँदा १० फाइदा

खाना खाने वित्तिकै कहिल्यै पनि नगर्नुस् यी ५ काम