एक महत्वपूर्ण अंगको रुपमा हाम्रो शरीरमा रहेको मस्तिष्कबारे धेरैजसोलाई थाहा नहुन सक्छ । मस्तिष्क वा दिमागलाई लिएर लगातार अध्ययन गरिँदै आएको छ । त्यसमध्यकै ११ रोचक तथ्यबारे यहाँ चर्चा गरिएको छ ।

१. हाम्रो दिमागले प्रत्येक समय १२ देखि २५ वाट बराबरको विद्युत उत्पादन गर्छ । यसबाट एक सानो लेड बल्ब बाल्न सकिन्छ ।

Heads

२. महिलाको दिमागको तुलनामा पुरुषको दिमाग १० प्रतिशतले बढी हुन्छ ।

३. मस्तिष्कमा रहेको ‘ब्लड भेसल्स’को कुल लम्बाई करिब ६४५ किलोमिटर हुन्छ ।

४. दिमागको आकार लगातार कम हुँदै गइरहेको छ । पछिल्लो २० हजार बर्षमा यसको आकार घटेर टेनिस बल जति पुगेको छ ।

५. मस्तिष्कलाई दुखाई हुँदैन । यदि खाली दिमागको शल्यक्रिया भएमा एनिस्थिसियाको आवश्यकता पर्दैन ।

६. दिमागले न्यूरोन्सको माध्यमबाट काम गर्छ । हाम्रो दिमागको भूमिका कम्प्युटरमा सिपियुको जस्तै हुन्छ । मानव मस्तिष्कमा १० हजार करोड न्यूरोन्स हुन्छन् र ३५ बर्ष कटेपछि हरेक दिन ७ हजार न्यूरोन्स कम हुँदै जान्छ ।

७. एक वयस्क व्यक्तिको दिमागको तौल लगभग १३०० देखि १४०० ग्रामसम्म हुन्छ ।

८. वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको दिमागको तौल सामान्य पुरुषको तुलनामा १० प्रतिशत कम थियो । तर, उनको न्यूरोन्सको घनत्व बढी थियो अर्थात् मस्तिष्क बढी सक्रिय थियो ।

९. मानव मस्तिष्कमा ७५देखि ८० प्रतिशतसम्म पानीको मात्रा हुन्छ । शरीरमा पानीको कमी भएमा मस्तिष्कले सही तरिका ले काम गर्न सक्दैन ।

१०. दिनको तुलनामा रातमा हाम्रो मस्तिष्क बढी सक्रिय रहन्छ ।

११. मस्तिष्कको तौल पुरै शरीरको तौलको करिब २ प्रतिशत हुन्छ । तर, शरीरमा रहेको अक्सिजन र क्यालोरीको २० प्रतिशत दिमागले लिन्छ ।

यो पनि पढ्नुस्

के तपाईसँग यस्ता आदत छन? जसले मस्तिष्कलाई खराब गरिरहेको छ !
सिजनल एलर्जीले मस्तिष्कमा परिवर्तन ल्याउने, एक फाइदा अर्को घातक