११ फागुन, काठमाडौं।

स्थानीय निर्वाचनको मिति घोषणा भएको अवस्थामा मधेसी मोर्चाले अब चाल्ने भूमिका के हुन्छ ? बुझ्न दिल्लीबाट उपेन्द्र यादव नफर्किञ्जेलसम्म पर्खनुपर्ने भएको छ । आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

भावी आन्दोलन कसरी सशक्त बनाउने भन्ने विषयमा मंगलबार दिउँसो एक बजेदेखि शुरु भई तीन बजेसम्म चलेको मोर्चाको बैठक विनानिश्कर्ष टुंगिएको छ। बुहारीको स्वास्थ्योपचारको नाममा स्थानीय निकायको निर्वाचन घोषणा हुनु अघिल्लो दिन यादव दिल्ली उडेका थिए। बैठकमा सद्भावना अध्यक्ष राजेन्द्र महतोसमेत उपस्थित रहेनन् उनी विवाहमा जानु छ भन्दै तर्किएको बताइन्छ।