काठमाडौं ।

पछिल्लो पटक परराष्ट्रमन्त्री कमल थापाले गरेको भारत भ्रमण पछि प्रधानमन्त्री केपी शर्मा ओली र कमल थापाबीच टकराव शुरु भएको छ । आफ्नो निजी भ्रमणका लागि भन्दै बंगलोरगएका कमल थापाले दिल्ली पुगेर भारत सरकारसँग आफूखुसी डिल गरेपछि ओली र थापाबीच टकराव शुरु भएको हो । यसका अप्रत्यक्ष संकेत सतहमा आइसकेका छन् भने कमल थापा दिल्लीमै भएको समयमा प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको तारन्तारको टेलिफोन सम्बाद कमल थापाको भ्रमण सफल पार्न भन्दा पनि असफल पार्न भएको खुलेको छ ।

सरकारमा महत्वपूर्ण हिस्सेदार रहेको राप्रपा नेपालका नेताहरुले ओली सरकार असफल भएपछि राजतन्त्र फर्किने भनेर मिडियामा चर्चा चलाउनु र बालुवाटारमै समेत कमल थापाका मान्छेहरुले हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने आधिकारिक लाइन नै रहेको भन्दै कुरा गरेपछि ओली र थापाबीचको टकराव सतहमा आएको हो ।

थापाको भेटपछि सुष्मालाई ओलीको फोन

नेपालका परराष्ट्रमन्त्री भारतमै रहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच पटक पटक टेलिफोन वार्ता भएको कुरा बालुवाटारले पुष्टी गरिसकेको छ । तर त्यस्तो वार्तामा के कुरा भएको थियो भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

sushma oli speak

ओली निकट श्रोतका अनुसार भारत भ्रमणलाई आफू खुसी प्रयोग गर्न खोजेका कमल थापाले भारतले दवाव दिए अनुसार हिन्दु राष्ट्रमा फर्किन कुनै कठिनाइ नभएको र मधेश समस्या समाधानका लागि प्रधानमन्त्री ओली नै बाधक रहेको भन्ने ढंगले कुरा बालुवाटारले सूचना पाएपछि ओलीले सुष्मा स्वराजसँग पटक पटक कुरा गरेका थिए । थापा दिल्लीमै भएको समयमा नेपाल सरकारको आधिकारिक धारणा प्रधानमन्त्रीकोरुपमा आफूसँग मात्र बुझ्न भन्दै ओलीले भारतलाई कमल थापाले गरेको डिल मान्य नहुने स्पष्ट सन्देश दिएपछि सुष्मा स्वराजले समेत ओलीलाई पटक पटक फोन गरेर कमल थापाले गर्न सक्ने सहमतिको विषयमा बुझ्ने कोशिस गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीलाई सुष्मा स्वराजको फोन, नाकाबन्दी खोल्न २ शर्त

वर्तमान समस्या समाधानका लागि ओली आफै बाधक रहेको भन्नै शैलीमा कमल थापा दिल्लीमा प्रस्तुत भएपछि ओलीसँग प्रत्यक्ष कुरा गर्ने र मधेशको समस्या समाधानबारे मधेशीहरुसँगै प्रत्यक्ष कुरा गर्ने मनस्थिति बनाएको विश्लेषण गरिएको छ । कमल थापा फर्किएर नाकाबन्दी छिटै खुल्छ भन्ने हल्ला चलाएपनि भारत ओली सरकारको वर्तमान अडानकैबीच कुनै हालतमा नाकाबन्दी खोल्ने मनस्थितिमा नरहेको श्रोतको भनाइ छ जुन ब्यवहारमा पुष्टी हुने संकेत देखिएको छ । मधेशी नेताहरुलाई दिल्ली बोलाएर नयाँ ढंगले वार्गेनिङ गर्ने मनस्थितिमा दिल्ली रहेको कमल थापापछि दिल्लीको प्राथमिकतामा मधेशी नेताहरु पर्नुले पुष्टी गरेको छ । ओलीलाई हल्का बनाउन नाकाबन्दी खुल्ने हल्ला चलाइएको समेत एमाले नेताहरुले आशंका गरेका छन् ।

Kamal thapa with sushma in Deli 1

कमल थापासँगको कुराकानीमा सुष्मा स्वराजले मधेश समस्याको समाधान किन हुन नसकेको भनेर सोध्दा कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली नै प्रमुख बाधक रहेको भन्ने सन्देश दिएका थिए । ओली सरकार असफल भएमा नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्किने अवस्था रहेको भन्नै कुरा समेत कमल थापाले गरेको जानकारी वालुवाटारमा पाएपछि कमल थापा नफर्किँदै ओलीले दिल्ली फोन गरेर आफूसँग मात्र सम्झौता हुन सक्ने परराष्ट्र मन्त्रीलाई कुनै सम्झौताको अख्तियारी नदिएको स्पष्ट पारेका थिए ।

दिल्लीमा कमल थापालाई वर्तमान ओली सरकारलाई भारतबाट सहयोग हुन नसक्ने भन्दै यो गठबन्धन टुटाउने तर्फ सहयोग गर्न समेत आग्रह गरिएको श्रोतको दावी छ । सरकारमा आधिकारिक धारणा नबनाइ दिल्ली गएका कमल थापाले आफू खुसी सीमाङ्कन देखि संविधान संसोधन सम्मका बुँदा सहित शर्त मान्न तयार भएपछि ‌ओली झस्किएको बताइन्छ । एमालेका नेताहरुले कमल थापाले भारतमा गरेको भनिएको सहमतिको कडा विरोध गरेपछि बालुवाटारमा चर्का चर्की परेको थियो ।

कमल थापासँग भारतको भित्री शर्तः हिन्दु राष्ट्र पुनर्स्थापना

भारतको प्रस्ताव मान्य नहुने स्पष्ट भएपछि भारतीय राजदुत रञ्जित रे ले मधेशी नेताहरुलाई बालुवाटार नजान र २ दिन भित्रै दिल्लीमा उच्च स्तरीय भेटघाटका लागि जान सुझाव दिँदै यसका लागि प्रबन्ध मिलाएको जानकारी गराएका थिए । भारतसँग गरेको भनिएको सम्झौता बालुवाटारमा बदलिएपछि मधेशीसँगको वार्ता पनि असफल भएको र यसको असर दिल्ली झनै टाढिने अवस्था आएपछि मधेशी नेताहरुले बालुवाटार जानुको साटो लैनचौर र दिल्ली जान उपयुक्त ठानेको विश्लेषकहरु बताउँछन् । मधेशी नेता दिल्लीबाट फर्केपछि ओली सरकारमाथिको दवाव घट्नुको साटो झनै घट्ने र जतिसुकै हल्ला गरिएपनि भारतीय नाकाबन्दी तत्काल सहज नहुने अनुमाान उनीहरुको छ ।

नाकाबन्दी खोल्न नेपालबाट भारतले चाहेका २ कुरा