१७ भदौ, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा रहेको फोहोर सङ्कलन केन्द्रमा शुक्रबार पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने घटनामा अरु केही जना फसेका छन् ।

“फोहोरको ठूलो थुप्रो रहेको दिल्लीबाट पूर्वमा पर्ने गाजीपुरस्थित उक्त केन्द्रमा पहिरो जाँदा केही गाडी र गाडीमा रहेका केही मानिसहरूलाई पहिरोले बगाएको छ,” स्थानीय अधिकारी अजय अरोराले घटनास्थलबाट सञ्चारमाध्यमलाई जानकारी दिए ।

पहिरोबाट दुई मृतशरिरको उद्धार गरिएको छ भने पाँच जनालाई पनडुब्वीको सहयोगमा नजीकैको नहरबाट जीवितै उद्धार गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार पहिरोमा पाँच वटा कार बगेका थिए । गाजीपुरको उक्त केन्द्रलाई दिल्लीका केही पुराना फोहोरमैला सङ्कलन क्षेत्रमध्ये एक ठूलो केन्द्रका रूपमा लिइन्छ ।

अधिकारीले अत्यधिक बर्षाका कारण पहिरो गएको हुनसक्ने जनाएका छन् । रासस/सिन्ह्वा