घरको निर्माण र बनावटको लागि वास्तुशास्त्रमा विशेष ध्यान दिनुपर्ने ज्योतिषहरू बताउँछन्। वास्तुशास्त्रमा दिशाको अति नै महत्वपूर्ण भूमीका रहेको हुन्छ। घरको मूल द्वार कुन दिशातर्फ छ भन्ने कुराले व्यक्ति र परिवारको जीवनमा प्रत्यक्ष प्रभाव पर्दछ।

यदि वास्तुशास्त्रलाई मान्ने हो भने, घरको प्रमुख द्वार अथवा मूल गेट दक्षिण वा पश्चिम तर्फ राख्नुभन्दा पूर्व वा उत्तरतर्फ राख्नु शुभ हुन्छ। यसरी नै मूल गेटको रङ्ग पनि दिशाअनुसारकै राख्नुपर्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।fancy-main-gate-500x500

१. घरको मूल गेट यदि पूर्व दिशामा रहेको छ भने त्यसमा हरीयो अथवा नीलो रङ्ग लगाउनु शुभ मानिन्छ। पूर्व दिशामा रहेको गेटमा हरीयो अथवा नीलो रङ्ग लगाउनाले त्यस घरका सदस्यहरूको सामाजिक तथा पारिवारिक सम्बन्ध सुमधुर हुन्छ।

२. पश्चिम दिशामा निर्माण गरिएको मूल गेटमा सेतो अथवा सुनौलो रङ्ग लगाउनु शुभ मानिन्छ। पश्चिमको शक्तिले हामीलाई पालनपोषण गर्न मद्दत गर्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ। जसरी हाम्रो शरीरको लागि खानाको आवश्यकता पर्दछ, त्यसरी नै जीवनको लागि साहस, क्षमता र धैर्यको आवश्यकता पर्दछ। त्यसैले पश्चिम तर्फ रहेको गेटलाई सेतो अथवा सुनौलो रङ्ग लगाउनाले जीवनको लागि चाहिने खाना मिल्ने विश्वास गरिन्छ।

३. उत्तर दिशामा रहेको मूल गेटको रङ्ग पहेँलो अथवा हरीयो हुनुपर्दछ। उत्तर दिशा व्यक्तिको व्यापार, व्यवसाय र पेसासँग सम्बन्धित हुन्छ भने पहेँलो रङ्ग भनेको सकारात्मकता को पहिचान हो। त्यसैले यदि तपाईँको घरको मूल गेट उत्तर दिशातर्फ छ भने त्यसमा पहेँलो अथवा हरीयो रङ्ग लगाउँदा तपाईँको पेसा अथवा व्यापार-व्यवसायबाट आम्दानी आउनुको साथै सफलता समेत पाउने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।

४. घरको मूल गेट यदि दक्षिण दिशातर्फ छ भने त्यसमा रातो अथवा वैजनी रङ्ग लगाउनु उचित हुन्छ। दक्षिण दिशा भनेको उत्साह, ऊर्जा र सफलतासँग सम्बन्धित हुन्छ। त्यसै गरी रातो रङ्गले पनि उत्साह, जाँगर र तन्दुरुस्तीको पहिचान गराउँदछ। जब यी तत्वहरूको मेल हुन्छ, तबमात्र जीवनमा सफलता पाउन सकिन्छ। त्यसैले घरको मूल गेट दक्षिण तर्फ छ भने त्यसमा रातो अथवा वैजनी रङ्ग लगाउनु सबैभन्दा उचित हुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।

यो पनि हेर्नुहोस्-
घर बनाउँदा जान्नै पर्ने ९ वास्तु सुचक
तोयनाथ पञ्चाङ्गको एप एंड्रोइड फोनको लागि सार्वजनिक
यी विरुवाले तपाइँलाई अशुभ मात्र गर्छन्
कस्तो हुनुपर्छ नवदम्पतिको कोठा