कुशल श्रेष्ठ

आजको जमानामा पनि बाथरुमभित्र हुने गतिविधिको कुरा गर्दा मुख छोप्नुपर्ने अवस्था जीवितै छ। तैपनि मुखै छोपर भन्नुपर्दा- दिसा नआउने समस्या भनेको अधिकांशको लागि जीवनको एउटा ठूलो भार हुन जान्छ। फेरि के कुरा खाँदा दिसा लगाउँछ र के कुराले दिसा लगाउँदैन भनेर नजान्नु पनि एक अभिसाप सरह नै हुन्छ।Pooping (1)

त्यसैले आज हामी तपाईँहरूलाई कुन-कुन ‘स्वस्थ’ खानेकुराहरूले दिसा लगाउँछ भन्ने बारे छोटो जानकारी दिन गैरहेका छौँ। जुन कुरालाई हाम्रो पेटले सजिले पचाएर त्यसबाट चाहिने तत्वहरू सोस्न सक्छ, त्यहि खानेकुराले हामीलाई चाँडै-चाँडै दिसा लगाउने गर्दछ। अनि चाँडै पचाउने ती खानेकुराहरू हुन्, जसमा फाइबरको मात्रा कमी पनि हुँदैन, बढि पनि हुँदैन। त्यस्ता खानेकुराहरूमध्ये निम्न १० खानेकुराहरु पर्दछन्:-

१. कफी

हुन त कफीको असर व्यक्तिअनुसार फरक पर्दछ। तर अधिकांशलाई एक कप कफीले हामीलाई सजिलै बाथरुम पठाउन मद्दत गर्दछ। यसमा पाइने क्याफिनले हाम्रो शरीरमा ‘ग्यास्ट्रिन’ नामक हरमोन पैदा गराउँदछ, जसले पेटमा भएको दिसालाई बाहिर धकाल्न मद्दत गर्दछ।

(चिया कफी पिउनु हुन्छ ? एक पटक पढ्नुस्)
२. नछानेको दूध

फ्याट झिकेको पोकावाला दूधमा हामीलाई चाहिने क्याल्सियम पाउन सकिँदैन। तर फ्याट नझिकेको, नछानेको शुद्ध दूधमा हाम्रो शरीरको हाडजोर्नीलाई बलियो राख्ने र पाचनप्रक्रियामा सुधार ल्याउने क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ। साथै एक अनुसन्धानबाट के पनि पत्ता लागेको छ भन्दा, दूधले हाम्रो पेटमा भएका अन्य फोहोर पदार्थहरूलाई जुनसुकै माध्यमबाट भएपनि सजिलै बाहिर निकाल्न मद्दत गर्दछ।Pooping (2)

(तौल घटाउन मन छ? पिउनुहोस् गाईको दूध- जान्नुहोस् अन्य ५ प्रकारका दूधको बारेमा)
३. गेडागुडी

गेडागुडी यस्तो खानेकुरा हो, जुन हाम्रो दैनिक भोजनमा सामेल भएकै हुनुपर्छ। प्रोटिन त यसमा अवश्य पाइन्छ, त्यसैले शाकाहारीहरूको लागि यो अनमोल खानेकुरा हुन गएको हो। तर प्रोटिन लगायत यसमा हुने फाइबरले पनि हाम्रो पाचनप्रक्रियामा सुधार ल्याइ सजिलै दिसा लगाउन मद्दत गर्दछ।

(उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा)
४. केरा

यदि तपाईँलाई असाध्यै भोक लागेको छ र बाहिरको खाना खाँदा पेट दुख्ने समस्या हुने डर लाग्छ भने फलफूल पसलमा जानुहोस्, आधा दर्जन केरा किन्नुहोस् र खानुहोस्। आफैले थाहा पाउनुहुन्छ कि केराले तपाईँको भोक एकैछिनमा मेटाउँछ र एकछिनमा बाथरुम जान मन लाग्ने गराउँछ। यसमा हुने स्वस्थ फाइबरले झाडापखाला लागेको छ भने पनि त्यसबाट राहत दिन्छ। मतलब यसले पेटलाई सफा गराउन मद्दत गर्दछ।

(केराको बोक्रा पनि भित्री भागजस्तै पोषिलो)
५. अवोकाडो

अवोकाडो त्यसै महङ्गो भएको होइन। यसमा प्रशस्तै पाइने म्याग्नेसियमले सुक्खा खडेरी लागेको आन्द्रामा चिप्लो तरल पदार्थ पठाउँदछ र आन्द्रामा जमेर बसेको फोहोरलाई सजिलै बाहिर निकाल्न मद्दत गर्दछ। साथै यसमा हुने फाइबरको मात्राले भोक पनि मेटाउँदछ।

(प्याँजले धेरै निन्द्रा लगाउँछ भन्छन् नि! के हो कारण अनि निन्द्रा लगाउने अन्य खानेकुरा के-के छन्?)
६. दही

के तपाईँलाई थाहा छ? शुद्ध दहीमा स-साना सेता कीराहरू हुन्छन्-बारुलाको बच्चाजस्तै! तर घिन नमान्नुहोस्, यी कीराहरू खान हुने कीराहरू हुन्। अझै भन्ने नै हो भने, यहि कीराहरूले नै दूधबाट दही बनाउन मद्दत गरेको हुन्छ। साथै सन् २०१४ मा भएको एक अनुसन्धानबाट के पत्ता लागेको थियो भन्दा यहि प्रोबायोटिक्स कीराहरूले हाम्रो पाचनपद्दतीलाई सन्तुलन ल्याउन मद्दत गर्दछ र दिसालाई नियमित अनि स्वस्थ बनाउँदछ। मतलब पेट सफा गर्दछ।

Michael Winter-January 1968, reading on the toilet

(गर्मीमा दही खानुस्, यी रोगसँग लड्नुस्)
७. स्याउ

फलफूलको राजा मानिने स्याउमा हाम्रो शरीरलाई चाहिने अधिकांश पौष्टिक तत्वहरू पाइन्छन्। दैनिक एउटा स्याउ खाने बानीले हाम्रो पेटको स्वास्थ्यमा सन्तुलनमा राख्नुको साथै शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत उल्लेखनीय सुधार ल्याउँदछ।

(यसकारण स्याउ धेरै खानुहुँदैन)
८. पानी

यदि तपाईँ बाथरुम जाँदा एकदम कडा र सुक्खा दिसा आएको देख्नुभयो भने बुझ्नुहोस् कि तपाईँको शरीरमा पानीको कमी भैरहेको छ। त्यसैले तुरुन्तै जानुहोस् र २ गिलास पानी पिउनुहोस्, सक्नुहुन्छ भने ३/४ गिलास नै पिउनुहोस्। अनि अब दिसा गर्न जाँदा आफ्नो दिसा कस्तो आउँछ विचार गर्नुहोस्, तपाईँ आफै दङ्ग पर्नुहुनेछ।

(बिहान पानी पिउनुका फाइदा)
९. हरीयो सागपात

हरीयो सागपातमा पाइने फाइबरलाई शरीरको पाचनप्रक्रियाले पचाउन सक्दैन, र यसको मूख्य विशेषता नै यहि हो। यसले त आन्द्रामा पुगेर दिसालाई पातलो अनि कडा हुनबाट बचाउँदछ, ताकि आन्द्राबाट सजिलै पार होस्। साथै यसले शरीरको पाचनप्रक्रियालाई सफा राख्न पनि मद्दत गर्दछ।

(धनियाँ नै हो घमौरालाई निको बनाउने शुत्र, जानौँ अन्य केहि घरेलु उपायहरू)
१०. आरुबखडा

अब यो वर्षमा आरुबखडाको सिजन आएपछि किन्न नबिर्सनुहोला, विशेष गरी उसले जसलाई दिसा नआउने समस्याले ग्रस्त बनाइरहेको छ। किनभने यसमा प्रशस्त पाइने प्राकृतिक सोर्बिटोलले हामीले खाएका अन्य खानेकुराहरूलाई पचाउन मद्दत गरी सजिलै दिसा पनि लगाउँदछ।

(मनमोहक आरुका फुल (फोटो फिचर))