२८ साउन, एजेन्सी ।

उत्तरी इजिप्टको एलेक्जान्ड्रियामा दुई वटा यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि एक सय २० जना भन्दा बढी घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीले बताएका छन् ।

राजधानी कायरोबाट आउँदै गरेको एउटा रेल र पोर्ट सईदबाट जाँदै गरेको अर्को रेल नेपाली समय अनुसार शुक्रबार साँझ ६ बजे एकआपसमा ठोक्किएका थिए ।

इजिप्टका यातायात मन्त्री हिशम अराफतले मानवीय त्रुटीका कारण दुर्घटना भएको हुन सक्ने बताएको बिबिसीले जनाएको छ ।