१७ फागुन, काठमाडौ । एकिकृत नेकपा (माओवादी) सम्बद्ध अखिल क्रान्तिकारी र नेकपा एमाले सम्बद्ध अखिलका कार्यकर्ताबीच दुई क्याम्पसमा भएको झडपमा ६ जना घाइते भएका छन् ।
थापाथली क्याम्पसमा पढिरहेको अवस्थामा अखिल क्रान्तिकारीका विद्यार्थीमाथि आक्रमण गरेर अखिलका कार्यकर्ताले ३ जनालाई घाइते बनाएका हुन् भने रत्न राज्य क्याम्पसमा भएको झडपमा पनि २-३ जना घाइते भएका छन् । थापाथली क्याम्पसमा क्रान्तिकारीका कार्यकर्तामाथी आक्रमण गरी ३ जनालाई घाइते बनाएर रत्न राज्य क्याम्पसमा बसेका अखिलका कार्यकर्तामाथि थापाथली क्याम्पसबाट गएका क्रान्तिकारीका विद्यार्थी कार्यकर्ताले आक्रमण गर्दा भएको दोहोरो झडपमा ३ जना घाइते भएको हो ।
क्रान्तिकारीका कार्यकर्ताले रत्न राज्य पुगेर आफ्ना कार्यकर्ता कुटपिट गरेको विरोधमा अखिल कार्यकर्ताहरूले अहिले रत्न राज्य क्याम्पस अगाडि नाराबाजी सहित सडक अवरूद्ध बनाएका छन् ।
यता, थापाथलीमा अखिलको कुटाइपछि घाइते भएका तीन क्रान्तिकारी कार्यकर्ताको अहिले अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ ।