२८ भदौ, काठमाडौं ।

चाडवाडका लागि भनेर अग्रिम टिकट बुकिङ खुलेको दुई दिन मै झन्डै ५० प्रतिशत टिकट बुकिङ भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुशार गत वर्षको तुलनामा यस वर्ष अग्रिम टिकट बुकिङ छिटो भएको छ । तर, टिकट पाएपनि यात्रु भने अझै अन्योलमा रहेको छ ।

महासंघले पनि बसको समस्या नभएपनि बाटोको कारण समस्या आउने सक्ने बताएको छ । विगतका वर्षहरुमा दँशैलाई मध्यनजर गरी सवारी साधन बढाइएपनि यस वर्ष भने बसको संख्या बढाइएको छैन ।

राजमार्गको दुरावस्थाका कारण यस वर्ष नयाँ बस नथपिएको व्यवसायीहरुले बताएका छन । यता यात्रुहरुले भने चाडबाडको समय आईसक्दा पनि राजमागहरु मर्मत नगरिएकोमा चिन्तित बनेका छन ।

दशैका लागि अग्रिम टिकट बुकिङको नाममा व्यवसायीहरुले महिला, बृद्ध र विद्यार्थीलाई दिइने सुविधा रोकेका छन । तर, यातायात व्यवसायीहरुले मनपरी गरिरहदा पनि संबद्ध निकाय भने मौन छ ।