३ वैशाख, काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भारत भ्रमणमा जान लागेकोमा उनि त्यसतर्फ प्रस्थान गर्ने र फिर्ता हुने दिनका लागि सार्वजनिक विदा दिने सरकारले तयारी गरेको छ ।

सोही अनुसार भोली सोमबार र आगामी शुक्रबार सार्वजनिक विदा दिने तयारी गरेको स्रोतले बतायो । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको हैसियतमा पहिलो विदेश भ्रमणको लागि भोली सोमबार छिमेकी राष्ट्र भारत प्रस्थान गर्ने र शुक्रबार फर्किने कार्यक्रम रहेको छ ।

विदाको बारेमा आधिकारीक निर्णय आज साँझ सम्ममा सरकारले लिने बुझिएको छ ।

आज अपराहन्न ४ बजेपछि बस्ने मन्त्रीपरिषद्को बैठकमा विदा सम्बन्धी प्रस्ताव गृह मन्त्रालयले पेश गर्ने तयारी गरेको छ । मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषद्ले पारित गर्ने संभावना रहेको मन्त्रालय श्रोतले जनाएको छ ।

सरकारले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आएको दिन विदा दिदाँ चर्को आलोचना भएको थियो ।