६ माघ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई मन्त्री बनाउन लागेको उनका प्रेस सल्लाहकार गोबिन्द आचार्यले बताए ।

प्रधानमन्त्रीको फोन आएन

दुबैजनालाई दिउँसो साढे २ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्या भण्डारीले सपथ गराउने उनले जानकारी दिए । सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त गर्न लागिएको हो ।

PM Prachanda Sapath sital niwas 2582751

सिंह यसअघिका दुबै सरकारमा थिए भने खड्का पहिलोपटक मन्त्री बन्न लागेका हुन् । बिस्तार भएसँगै प्रचण्ड सरकार ४३ सदस्यीय हुनेछ । राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा ल्याउने प्रधानमन्त्रीको प्रयास भने अहिलेसम्म सफल हुन सकेको छैन ।