२७ असोज, भोजपुर ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न अपराध गरि फरार रहेका उनीहरुलाई जिल्लाको छुट्टा छुटै ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिबल तामाङ्ग र भरत वहादुर प्रधान रहेका छन् ।

भोजपुरको अरुण गाउँपालिका –४ जरायोटारका तामाङ्गलाई ०६८ सालमा कर्तव्य ज्यान मुद्धाको अभियोग लागे पछि फरार थिए । तामाङ्गलाई ६ वर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

उनलाई सोही ठाउँ बस्ने डिकमान भन्ने सीताराम राईको हत्या गरेको अभियोगमा मुद्धा परेपछि प्रहरी खोजी गरिरहेको थियो । फरार तामाङ्गलाई विषेश सुकाकीको आधारमा घरवाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुर प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जीयार थारुले दिए ।

त्यस्तै वहुविवाह मुद्धामा ०७४ भदौबाट एक वर्ष कैद र १० हजार जरीवाना तोकिएका भोजपुर नगरपालिका– ५ बोखिमका प्रधानलाई भोजपुर वजारबाट पक्राउ गरेको हो । उनिहरुको विषय अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।