६ माघ, काठमाडौं ।
सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले प्रधानमन्त्री प्रचण्डले दुई सांसदलाई मन्त्री बनाउने महानतम काम भएको बताएका छन् ।

उनले थोरै सिट भएपनि मुख्य सहकार्य भएको बताउदै कार्कीले यस कदमलाई प्रधानमन्त्रीको महानता ठान्नु पर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगको खारेजीमा परेका समाजवादी पार्टीैका सांसद प्रेमबहादुर सिंहलाई खानेपानी तथा सरसफाई र अखण्ड नेपालका सांसद कुमार खड्कालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनाएका छन् ।

surendra-karki-media

दुई मन्त्रीहरुको सपथ आज राष्ट्रपति निवासमा साढे २ बजेको लागि तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बताए ।