१८ चैत, मोरङ । अनियन्त्रितरुपमा विपरीत दिशाबाट आइरहेका दुई यात्रुबाहक बस आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

कोसी राजमार्गअन्तर्गत पर्ने विराटनगर–इटहरी सडकखण्डको मोरङ टङ्कीसिनवारी–६ मा आज बिहान बस जुध्दा घाइते भएका ३३ जनामध्ये दुई जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार उदयपुरबाट विराटनगर आउँदै गरेको को१ख ४१९० नम्बर बस र विपरीत दिशाबाट आउँदै गरेको को१ख ३८०५ नम्बरको बस एकापसमा जुध्दा दुर्घटना भएको हो ।

 

घाइतेमध्ये २४ जनाको विराटनगर कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र अन्यको विराटनगरकै गोल्डेन र न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।