२९ चैत, एजेन्सी ।

दुई रसियाली तथा एक अमेरिकी अन्तरीक्ष यात्रीले आफ्नो १७३ दिन लामो अन्तरीक्ष यात्रा पूरा गरी सोमबार मध्य काजकिस्तानमा सकुशल अवतरण गरेका छन् ।

अमेरिकी अन्तरीक्ष सङ्गठन (नासा) का सेन किमबोरोका साथ रसियाली स्पेस एजेन्सीका सर्गेइ रिझीकोभ र एन्ड्रेइ बोरिसेन्को सन् २०१६ को अक्टोबारमा अन्तरीक्ष यात्राका लागि छुट्नुभएको थियो । उनिहरूको अवतरणको नासा टेलिभिजनद्वारा पुष्टि गरेको छ ।

उनिहरू यात्रा गरेको अन्तरीक्ष यान ग्रीनविच समयअनुसार ११ बजेर २० मिनेटको समयमा जेजकाजगान सहरमा अवतरण भएको हो ।

रिझिकोभको यो पहिलो अन्तरीक्ष यात्रा थियो भने पूर्व गल्फवार हेलिकप्टर चालक किमबोरोको सन् २००८ मा १६ दिन लामो अन्तरीक्ष यात्राको अनुभव थियो ।

त्यसैगरी बोरिसेन्कोले सन् २०११ मा १६४ दिनको अन्तरीक्ष भ्रमणको अनुभव बनाइ सकेका थिए ।