१३ कार्तिक, काठमाडौ । चुनाव प्रचारमा रहेको टोलीलाई नियन्त्रणमा लिइ प्रचार समाग्री लुट्ने र जलाउने कार्यमा संलग्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुई जना कार्यकर्ता आज इलामको चुलाचुलीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम चुलाचुलीका विक्रम फागो र पप्पु फागो रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दीएको छ । यस्तै निर्वाचन शिक्षा सामग्री लुट्ने एकतप्पाका शेरबहादुर लिम्वूलाई प्रहरीले फाकफोक–६ बाट प्रहरीले पक्र लुटिएका सामग्री समेत प्रहरीले बरामद गरेको जनाएको छ । उनीहरुले एकिकृत नेकपा-माओवादीको प्रचार टोलीबाट निर्वाचन सामग्री लुटेर नियन्त्रणमा लिइ झण्डा समेत जलाएका थिए ।

निर्वाचन सुरक्षाका लागि खटिएको प्रहरी टोलीले तत्काल उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान तरबार समेत बरामद भएको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले इलामको मंगलबारेबाट नेकपा– माओवादी कार्यकर्ता दुई र एकतप्पाबाट लिम्बुवान राज्य परिषदका २ कार्यकर्ता पक्राउ परिसकेका छन् सूचना तथा संचारमन्त्री माधव पौडेलले नेपालको सार्वजनिक सेवा र निजामति सेवामा व्यापक सुधारको खाँचो रहेको बताएका छन् ।

आज राजधानीमा आयोजित सार्वजानिक सेवा प्रवाह र शासकिय स्थिरता विषयक अन्तरक्रियामा मन्त्री पौडेलले डेढ दशकदेखि देशको सार्वजानिक सेवामा सुधार गर्न खोजिए पनि त्यसको मान्यता माथि नै प्रहार हुँदै आएका कारण निजामती सेवा विश्वासनिय नभएको बताए ।

निजामति सेवाको कार्यसञ्चालनमा निर्देशिका बनाएर अगाडि बढ्दा विकृति देखिएका कारण यसलाई रोक्नु पर्ने उनले बताए । अहिलेकै अवस्थालाई निरन्तरता दिदै निजामती सेवाप्रति नै जनताको विश्वास घट्ने भन्दै मन्त्री पौड्लले राज्यको कामलाई चुस्तता ल्याउन नयाँ कानुन बनाउन आवश्यक रहेको बताए ।