दुधमा पर्याप्त मात्रामा भिटामिन, क्याल्सियम, प्रोटिन र पोटासियम पाइन्छ । यदि आयुर्वेदले दिएको नियमहरुलाई पालना गर्ने हो भने धेरै खाले स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।

१. सुत्नअघि एक गिलास मनतातो दुधमा ७देखि ८ वटा सुकेको अंगुर मिसाएर पिउनुहोस् । यसो गर्दा कब्जियतको समस्या हट्छ ।

२. आधा गिलास दुध र आधा गिला पानी मिसाएर पिउनुहोस्, पिसाब पोल्ने समस्याको अन्त्य हुन्छ ।

३. एक गिलास मनतातो दुधमा ७देखि १० अंगुर मिसाएर पिउनुहोस् । पायल्सको समस्याबाट छुट्कारा मिल्छ ।

४. नियमित एक गिलास मनतातो दुधमा आधा चम्चा बदामको तेल मिलाएर पिएमा स्मरण शक्ति बढ्छ ।

५. एक गिलास चिसो दुधमा एक चम्चा मिश्री घोलेर पिउनाले एसिडिटीको समस्या कम हुन्छ ।

६. एक गिलास चिसो दुध पिएमा छालाको समस्या टाढा भाग्छ ।

७. एक गिलास मनतातो पानीमा एक चिम्टी अदुवाको धूलो मिसाएर पिउनुहोस् । कफबाट राहत मिल्छ ।

८. सुत्नअघि एक गिलास मनतातो दुधमा आधा चम्चा अश्वगन्धा मिसाएर पिउनुहोस्, राम्रो निन्द्रा लाग्छ ।

९. नियमित एक गिलास मनतातो दुधमा दुवाको धुलो मिसाएर पिएमा शरीरमा शक्तिको मात्रा बढ्छ ।

१०. एक गिलास मनतातो दुधमा आधा चम्चा अश्वगन्धा मिसाएर पिउनुहोस् । यसले रक्त–सञ्चारलाई सुधार्छ र तनाव पनि कम हुन्छ ।