२६ असोज, युएई ।
काभ्रे जिल्ला स्थाई घर भई बिगत ७ महिनादेखि दुबईको एउटा रिटेल कम्पनीमा काम गरिरहेकी २१ बर्षिया सितल तामाङ ७ महिनाको बच्चाको उपचार खर्चको अभाबमा अलपत्र परेकी छन् ।

बिबाह गर्नुभन्दा पहिले नै पासपोर्ट बनेकोले उक्त पासपोर्टमा इम्प्लाइमेन्ट भिषा लागेकोले बिबाह दर्ताको प्रमाण पत्र साथैमा भएता पनि पासपोर्टमा अविवाहित लेखिएकोले काम गर्ने कम्पनीले बच्चाको लागि इन्सुरेन्स उपलब्ध नगराउँदा बच्चाको अस्पतालमा लागेको सम्पूर्ण उपचार खर्च सितलले नै बेहोर्नु पर्ने भएको छ ।

सितलका श्रीमान नेपालमै छन् । उनीहरुको विबाह भएको डेड बर्ष भएको छ । सितल १८ जनवरीमा दुबई आएपछि आफू बच्चा पाउने भएको थाहा पाएकी थिइन । ६/७ महिनापछि नेपालमै गएर बच्चा जन्माउने योजना भए पनि अचानक पेट दुखेर अस्पताल जाँदा बच्चालाई समस्या हुन सक्छ भन्दै छिटो बच्चा जन्माएकी थिइन ।

७ महिनाको प्रिम्याचुर बच्चाको बिगत ३ हप्तादेखि आइसीयुमा राखेर उपचार भइरहेको छ । जसको शुल्क महँगो भएकोले दिनानुदिन उपचार खर्च बढिरहेको छ भने सितलको पनि स्वास्थ्य स्थिति तनाबको कारण नाजुक हुदै गएको छ ।

तिन हप्तामा बच्चाको उपचारको लागि १ लाख २० हजार दिरामको बिल आईसकेको र हस्पिटलको बढ्दो बिल तिर्नको लागि आफु र आफन्तबाट हुनसक्ने र गर्न सक्ने सबै प्रयास गरि सकिएको तथा अब कुनै बिकल्प बाकी नभएर ठुलो आशा र भरोसाका साथ युएईमा रहेका नेपाली संघ सस्था, बुद्धिजिवि, सामाजिक अभियन्ताहरु, पत्रकार तथा ब्यबसायीहरुसँग सहयोग माग्नुको बिकल्प नभएको सितलका आफन्त रुपेश थापाले बताए ।

सितलले एउटा अबोध नेपाली चेलीको ममतालाई सबै नेपालीहरुले सहयोग गर्नेमा आशावादी छिन् । उनको पहिलो बच्चालाई सकुसल उपचार गराई अस्पतालबाट घर ल्याउने उनको चाहना छ । अहिले सितल अस्पतालमा दिनको दुई चोटी मात्रै आफ्नो बच्चालाई भेट्न जान पाउँछिन ।

बच्चा समय नपुगी जन्मिएको हुनाले चाडो इन्फेक्सन हुन सक्ने डरले अस्पतालले अरु कसैलाई भेट्न दिएको छैन । आफ्नो बच्चालाई साथमा राख्न नपाउनु र त्यसमाथि खर्चको अनिश्चितताले गर्दा सितललाई मानसिक तनाब बढेको छ ।

सहयोग तथा थप जानकारीका लागि सितल तामाङका आफन्त रुपेश थापालाई ०५६–६५६४६९४ मा सम्पर्क गर्न सकिने छ ।

सहयोगका लागि सितलको दुबईमा रहेको बैंक खाता उपलब्ध गराइएको छ ।

सितल लामा
एमिरेट्स इस्लामिक
आल बार्सा
खाता नं.: ३७०८१९०४६२४०१ (3708190462401)
IBAN:AE180340003708190462401