काठमाडौं, २४ जेठ । दुबईमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । ओमानबाट दुबई जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेहरु १२ जना भारतीय नागरिक रहेको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

दुबईस्थित भारतीय दुतावासले पनि दुर्घटनाबारे पुष्टि गरेको भारतीय संचारमाध्यामले जनाएा छन् । दुबई प्रहरीका अनुसार स्थानीय समय अनुसार बिहीबार बेलुकी ६ बजे दुर्घटना भएको हो । बस दुबईको शेख मोहम्मद बिन जायद रोडमा एक साइनबोर्डमा ठोक्किएर दुर्घटना भएको हो ।