७ असोज, काठमाडौं ।
दुवै खुट्टा गुमाएका रोल्पा घर भएका ३८ बर्षिय हरी वहादुर वुढा मगरले बिश्वको सर्बोच्च सगरमाथा आरोहण गर्ने भएका छन ।

शनिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे उनले बिश्व किर्तिमान राख्नका लागी अगामी सन २०१८ मा सगरमाथा आरोहण गर्न लागेको जानकारी गराएका हुन ।

बिट्रिस गोर्खा आर्मीमा रहेका बेला सन २०१० मा अफगानस्थानमा एम्वुसमा परि उनले दुवै खुट्टा गुमाएका थिए ।

शारीरिक असक्तले पनि केहि गरेर देखाउन सक्छ भन्ने सन्देश समाजमा फैलाउन पनि सगरमाथाको आरोहण गर्न लागेको उनले बताए ।
यसअघि उनले मिरा पिकको सफल आरोहण गरिसकेका छन ।