११ कात्तिक, काठमाडौं । सरकारले धादिङको बस दुर्घटनाबारे छानविन गर्न समिति बनाएको छ । गृहमन्त्रालयले भविष्यमा दुर्घटना हुन नदिन अपनाउनुपर्ने कदम समेत अध्ययन गरि राय सुझाव दिन छानविन समिति गठन गरेको हो ।

सह–सचिव डाक्टर मानवहादुर विश्वकर्माको संयोजकत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक रहेको छानविन समिति गठन गरिएको गृहमन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।

समितिले दुर्घटनाका कारण र भविष्यमा यस्ता घटना हुँन नदिन अपनाउनुपर्ने सावधानीबारे अध्ययन गरि सात दिनभित्र पेश गर्ने गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले जानकारी दिए ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले दुर्घटनाप्र दुःख व्यक्त गरेका छन् । समाजिक सञ्जार ट्विटरमार्फत प्रधानमन्त्री देउवाले दुर्घटनाले आफूलाई अत्यन्तै मार्माहित र दुःखी बनाएको बताएका छन् ।