२८ भदौ, काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी बुवाआमाको मृत्यु भएपछि ८ वर्षीया छोराले दागवत्ती  दिएका छन् ।

शान्तिनगर गाउँपालिका ३ का ३० वर्षीय ढकबहादुर केसी र २९ वर्षीया श्रमती सिताको मृत्यु भएको हो । दुबैलाई बसले ठक्कर दिँदा गएको आइतबार श्रीमानको घटनास्थलमै र श्रीमतीको भारतका लखनउमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

मृत्यु भएका केसी दम्पतीलाई उनका ८ वर्षीया छोरा प्रयत्न केसीले हिजो हिन्दु धार्मिक परम्परा अनुसार आफ्ना आमाबुवालाई दागबत्ती दिएका हुन ।मृतक केसीका १ छोरा र १ छोरी छन् ।

बुवाआमाको मृत्यु भएपछि टुहुरा बनेका २ नावालक साढे ३ वर्षकी सिम्रन केसी र ८ वर्षका प्रयत्न केसीको विचल्ली भएको छ ।