सुनसरी, २ जेठ । सुनसरीको इनरुवास्थित सुनसरी पुल नजिक तीनवटा गाडी एकै ठाउँमा ठोकिदा एक जनाको मृत्यु भएको छ । अन्य ९ जना घाईते भएका छन ।

इनरुवा ४ मा को २ ह १४४८ नम्बरको सिटि सफारी र को १ च ७०५१ नम्बरको भ्यानलाई ना ६ क १८९९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । सिटि सफारीमा चढेका यात्रु कोशी गाउँपालिकाका ४५ वर्षीय भरत साहको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घट्नामा भ्यान चालक बराह नगरपालिकाका ७५ बर्षीय कृष्णप्रसाद नेपाल, सिटि सफारी चालक कोशी गाउँपालिकाका ४८ वर्षीय किशोर साह गम्भीर घाईते छन । घाइतेहरुलाइ उपचारका लागि बिराटनगर लगिएको छ ।