बझाङ, ३० जेठ । बझाङमा मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाका ७ नम्बर वडाका सदस्य नरबहादुर मगर (नरेश) को मृत्यु भएको हो ।

मगर चढेको से.१ ब. ११७७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका वडा सदस्य महरको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको मृतकका आफन्तले जनाएका छन् ।

मृतक महरको शव उनको जन्मघर छयालामा लगिएको छ भोली विहानमात्र उनको दाहसंस्कार गरिने आफन्तजनले जानकारी दिएका छन् ।