१४ भदौ, काठमाडौं । गएको बैशाखयता देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा ८ सय १६ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयले बैशाखदेखि भदौ १२ गतेसम्म ४ हजार ३ सय ६५ वटा दुर्घटना भएको र दुर्घटनामा परी ८ सय १६ जनाको मृत्यु भएको जनाएको हो । गृहमन्त्री विमलेन्द्र निधिले यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको बैठकमा दिएको जानकारी अनुसार दुर्घटनामा ४ सय ९३ जना बालबालिका सहित ३ हजार ४ सय ३३ जना घाइते भएका छन् भने १ हजार ७ सय ७६ जना गम्भिर छन् ।

ऐश्वर्याले नमानेपछि अमिताभले गरे निर्देशकलाई फोन !

यसैबीच, बाढीपहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपमा परी साउन यता देशभर १ सय ३१ जनाको मृत्यु भएको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले २४ जना बेपत्ता र ६६ जना घाइते भएको जानकारी बैठकमा गराए । बाढीपहिरोबाट ९ सय ५२ घरमा पूर्ण तथा ६ सय ६ घरमा आंशिक क्षति पुगेको छ । प्रकोपमा परी ज्यान गुमाएकाका परिवारलाई एक लाख रुपैंया राहत प्रदान गरिएको गृहमन्त्री निधिले जानकारी दिएका छन् ।

लाइसेन्स र ब्लुबुक लिन नयाँ व्यवस्था

प्राकृतिक प्रकोपका घटनाको सूचना संकलन, राहत र उद्धार गर्न केन्द्रमा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा ५ विकास क्षेत्रमा क्षेत्रीय तथा ४९ जिल्लामा पनि केन्द्र सञ्चालनमा छन् । मन्त्रालयले हेटौँडा, इनरुवा, पोखरा र धनगढीमा आपत्कालीन गोदाम घर स्थापना गरी गैरखाद्यान्न सामग्रीको भण्डारण गरेको तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मानव सहायता कक्ष कार्यान्वयनमा रहेको गृहमन्त्रीले निधीले बताए ।