महाभारतका एक प्रमुख पात्र दुर्योधन खलनायकका रुपमा इतिहासमा दर्ज छन्। दुर्योधनले आफ्नो जीवन कालमा धेरै गल्ती गरे। उनले पाण्डवसंग हार बेहोरे र आफ्नो अध्याय धर्तीमा समाप्त पारेर गए।mahabharat 534264315

महाभारत युद्ध अन्त्य तिर जब भीमले दुर्योधनालई पराजित गरे, जमिनमा लम्पसार परेका दुर्योधन तीनवटा औंला देखाउँदै केही भन्ने कोसिस गर्दै थिए। घाइते भएका कारण ठुलो स्वरले बोल्ने अवस्था दुर्योधनको थिएन्। यस्तो देखे पछि भगवान श्री कृष्ण दुर्योधनको नजिक पुगेर बुझ्न खोजे। दुर्योधनले आफूले गरेका ३ गल्ती बताउन खोजेका थिए जसका कारण उनले हार बेहोरे।

पहिलो गल्ती
दुर्योधनले श्रीकृष्णलाई भने- मेरो पहिलो गल्ती थियो मैले स्वयं नारायणलाई नरोजेर नारायणी सेनालाई रोजे।duryodhan-mahabharat-5417715

भएको के थियो भने युद्द शुरु हुन अगाडी एका तिर श्रीकृष्ण र अर्कातिर उनको नारायणी सेना लड्ने अवस्था आयो। किन भने पाण्डव र कौरव दुबै श्रीकृष्णका नाता सम्वन्धी पर्थे। तर दुर्योधनको चाहना भने श्रीकृष्ण भन्दा पनि श्रीकृष्णको शक्तीशाली नारायणी सेनामा थियो र नारायणी सेना पाउँदा निकै खुसी थिए।

यो पढ्नुस्: यी सात कारण नभएको भए हुँदैनथ्यो महाभारत

दोस्रो गल्ती

दुर्योधनले मानेको दोस्रो गल्ती यस्तो थियो- जब माता गान्धारीले उसलाई नग्न अवस्थामा बोलाइन। कमरको तल पातले छोपेर गएका थिए। यदी उ पुरा नग्न अवस्थामा गएको भए उसको पुरा शरिर बज्रसमान हुन्थ्यो र युद्दमा उसको पराजय संभव हुने थिएन। तर संकोचवश दुर्योधनले आमाले नग्न बोलाउँदा पुर्ण भएर जान सकेनन्।

तेस्रो गल्तीduryodhan-mahabharat-93768616
दुर्योधनले भगवान श्रीकृष्णलाई तेस्रो गल्तीका बारेमा यस्तो बताए- उसको तेस्रो गल्ती युद्दको अन्तिम बेलामा मात्र मैदानमा उत्रनु थियो जतिखेर उसका सबै भाइ मरिसकेका थिए र ठुलो क्षति भइसकेको थियो। यदि युद्धको शुरुवातमै दुर्योधन मोर्चामा भिडेको भए उसको हारका बाबजुद पनि कौरव बंशको नाश हुने थिएन्।

यो पढ्नुस्।

महाभारत युद्धमा हरेक दिन श्रीकृष्ण बदाम खान्थे, एक व्यक्तिलाइ मात्र थाह थियो रहस्य

कसरी भयो श्रीकृष्णका १६ हजार गोपिनी? यस्तो छ महाभारत कथा…