प्रयास पराजुली
१५ पुस, काठमाडौं ।
संसदमा दर्ता भएको संविधान संशोधन पास गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता पक्ष र विपक्षीबीच जुहारी चलिरहेको छ । सत्ता पक्ष प्रस्तावमाथिको छलफल अगाडि बढाउने अन्तिम तयारीमा छ भने प्रतिपक्ष दल कुनै पनि हालतमा प्रस्ताव अगाडि बढाउन नहुने कसरतमा छ ।

फाइल तस्बिर

फाइल तस्बिर

सडक र सदनको आन्दोलनको बलमा प्रस्ताव अगाडि बढाउने सरकारको रणनीतिलाई असफल बनाउने तयारीमा एमाले जुटेको छ । एक महिनादेखि एमालेको अवरोध गर्दा संसद बैठक चल्न सकेको छैन् । दलिय वार्ता र छलफल सहमति भन्दा पनि विमतितिर अगाडि बढिरहेको छ । प्रस्ताव अगाडि बढाउन सत्तारुढ दल कांग्रेस माओवादी र मधेसी मोर्चा तीन पक्ष एकै ठाउँमा उभिएका छन् ।

ओलीले फुर्ति नगरे हुन्छ प्रस्ताव पास हुन्छः देउवा

सभामुख ओनसरी घर्तीले सहमति कायम गर्नको लागि रानजीतिक दलहरुको लागि तीन दिनको समयसीमा तोकेपछि राजनीति छलफल बाक्लिदै गएको छ । मोर्चाले प्रस्तावमाथि संसदमा छलफल अगाडि नबढाए आन्दोलन गर्ने घोषणा गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रवार मधेसी मोर्चाका नेताहरुसँग संविधान संशोधन प्रस्ताव संसदमा छलफल गरेर पास पनि हुने विश्वास दिलाएका छन् ।

देउवाको भनाई उदृत गर्दै मोर्चाका एक नेताले भने, ‘एमाले अध्यक्ष ओलीले फुर्ति नलगाए हुन्छ, मार्सल लगाएर पनि प्रस्ताव छलफल गरेर पास हुन्छ अहिलेसम्म कांग्रेस बचनको पक्का छ, जे प्रतिबद्धता व्यक्त गर्छ त्यही गर्छ ।’

प्रस्तावमाथि छलफल अगाडि बढाउने वित्तिकै एमाले ठूलो संकटमा पर्ने बताउदै ओलीसँग कुरा गर्नु भन्दा माधव नेपालसँग कुरा गर्ने विश्वास मोर्चाका नेताहरुलाई दिलाएका थिए ।

म प्रधानमन्त्री भएको भए अगाडि बढाइदिन्थे

सभापति देउवाले मधेसी मोर्चाका नेताहरुसंग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । देउवाले मोर्चाका नेताहरुसँग आफू प्रधानमन्त्री भइदिएको भए संविधान संशोधन प्रस्ताव छलफलको लागि अगाडि बढाइदिने बताएका छन् ।

बैठकमा देउवाले भनेका थिए– ‘खै प्रचण्डजी किन मानिरहनुभएको छैन, म भैदिएको भए अगाडि बढाइदिन्थे ।’

राजाले पिरोल्ने चिन्ता

मोर्चाका नेताहरुसँग खुलेर संवाद गरेका देउवा धेरैपछि खुलेर प्रस्तुत भएका थिए । संविधान कार्यान्वयन भएन भने धेरै प्रकारका जटिलता थपिने चिन्ता पनि उनले व्यक्त गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिन अघि जारी गरेको विज्ञप्तीदेखि धर्मनिरपेक्षता लगायतको मुद्दाका बारेमा उठिरहेको बहसले संविधानले प्राप्त गरेको उपलब्धि गुम्न सक्ने भएकाले संविधान कार्यान्वयन गर्नको लागि पनि प्रस्ताव पास गरेर अगाडि बढ्नुको विकल्प नभएकामा देउवाले जोड दिएका थिए ।

एमालेले कति विरोध गर्छ ?

अब स्थानीय तहको निर्वाचन नभए स्थानीय निकायकै निर्वाचन गरौ । एमोलेलाई मैले चिनेको छु । एमालेले कति विरोध गर्छ ? हेर्दै जाउँन । एमालेले जति दिन संसद अवरोध गर्छ उसैलाई घाटा हुन्छ । हामी समस्या सामधान गर्न तयार छौ, देउवाले भनेका थिए ।

उनले हालकै २४० सिटकै पुरानै संरचनामा चुनाव गराए के हुन्छ? भनेर समेत मोर्चालाई प्रश्न गरेका थिए ।

प्रकाशमानलाई साक्षी राखेर हो भन्न लगाएपछि….

मोर्चासँगको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी थिएनन् । पौडेलले एमालेलाई साथमा लिएर जानुपर्नेमा जोड दिदै आएका छन् । समस्या समाधान गर्नको लागि देउवाले बोलाएको बैठकमा नेता प्रकाशमानसिंह सहभागी थिए । देउवाले प्रकाशमानलाई साक्षी राख्दै भनेका थिए– ‘प्रकाशमानजी हो कि होइन प्रस्ताव पास गराएरै जाने हाम्रो लाइन हो नि ?’ प्रकाशमानलाई नै बैठकमा देउवाले हो भन्न लगाएका थिए । देउवाले निकै उत्साहित हुँदै एमालेको आन्दोलन खत्तम बनाइदिएको समेत मोर्चाका नेताहरुलाई बताएका छन् ।

मोर्चाले सहयोग गर्नुपर्छ नत्र हुँदैन

चार महिनापछि प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले आफ्नो ‘पोजिसन क्लियर’ गर्नको लागि मोर्चासँग हिमचिम बढाएका छन् । मोर्चाका नेताहरुसँग देउवाले संविधान संशोधन प्रस्ताव कांग्रेसले ल्याएको बताएका छन् । देउवाले संविधान संशोधन प्रस्तावमाथि छलफल अगाडि बढेपछि सहयोग गर्न पनि मोर्चाका नेताहरुसँग आग्रह गरेका छन् ।

यो पढ्नुस्।

चार दिदीबहिनी एकै पटक दिक्षित

बानेश्वरमा सरकारी गाडीमा आगजनी र तोडफोड(फोटो फिचर)

भारतको बोलीमा परराष्ट्रको लोली ?