२८ पुस । काठमाडौं
केपी ओली सरकार फालेर प्रचण्ड नेतृत्वमा सरकार गठन गर्दासँगै भित्री रुपमा एउटा सहमति भएको थियो, स्थानीय चुनाव गरेपछि नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने ।

prachanda-sher-bahadur-deuba

त्यो गोप्य सहमति बाहिर आएन तर, चैतसम्म स्थानीय चुनाव प्रधानमन्त्री प्रचण्डले गर्ने र त्यसपछि बाँकी प्रदेश र केन्द्रीय संसदको चुनाव गराउन देउवाको नेतृत्वका सरकार गठन गर्ने उनैले गराउने भन्ने सहमति थियो ।

सरकारलाई दुईतिहाईको सकस, यस्तो संसद्को गणित

तर, संविधान संसोधनको रस्साकस्सी, स्थानीय निकाय की स्थानीय तहको चुनाव भन्नेमा लामो समय बितेर अब चैतमा चुनाव हुने सम्भावना क्षीण भए पनि देउवाले आफू प्रधानमन्त्री हुने आशा मारिसकेका छैनन् । दुई दलीय, तीन दलीय र सर्वदलीय जति पनि छलफल हुन्छन् । यी छलफलमा अहिले सबैभन्दा बढी कोही बोल्छन् भने ती शेरबहादुर देउवा नै हुन् ।

फाइल तस्बिर

फाइल तस्बिर

उनले प्रायः सबै बैठकमा जसरी पनि चुनाव गर्नुपर्ने रटान दिंदै आएका छन् । केही दिन अघि रिपोटर्स क्लबको अभियानमा उनको निवास नै पुगेको पत्रकार टोलीसँग फेरि चुनाव गर्नुको विकल्प नभएको बताएका थिए । ‘चैतमा नै स्थानीय चुनाव गर्ने हाम्रो तयारी हो । तर, अब चैतमा हुन नसके जेठसम्म भए पनि चुनाव हुन्छ र गर्नुपर्छ ।’ देउवाले अझै पनि चुनाव घोषणा गर्दा निर्वाचन आयोगलाई तयारीका लागि चाहिने चार महिना पुग्ने दाबी गर्दै जेठसम्म स्थानीय चुनाव नटरेको बताए ।

चुनावको लागि किन जोड दिंदैछन् देउवा ? यसमा एउटै प्रष्ट कारण छ की जतिछिटो चुनाव भयो । त्यत्ति छिटो देउवाको हातमा सत्ताको साँचो पुग्छ । विषय कचल्किंदै चुनाव हुने अवस्था नआउने हो भने माओवादी र कांग्रेसबीच भएको पहिलेको समझदारी कायम रहिरहन्छ भन्ने अवस्था छैन । चुनाव नहुँदा र जेठसम्म हुने अवस्था नआउँदा चुनाव मंसिरमा धकेलिन्छ । त्यसैले देउवाले सकेसम्म जसरी पनि जेठसम्म स्थानीय चुनाव गर्नुपर्ने विषयमा मत राख्दै आएका छन् ।

चुनाव गर्ने र सत्ताको दाउलाई पनि कायम राख्नको लागि देउवा आजकाल राजनीतिमा ठूला अडान राख्ने गरेका छैनन् । संविधान संसोधनमा उनले राखेको निकासको प्रस्तावले पनि यही झल्को दिन्छ । सुदुरपश्चिम तर्फ तराई जिल्लाको मात्र प्रदेश बनाउन तयार नरहेका देउवा त्यसयताको पहाडी जिल्ला भने तराई प्रदेशबाट अलग बनाउन तयार हुँदै संसोधन प्रस्ताव ल्याउन तयार हुनुलाई धेरैले आश्चर्य मानेका छन् ।

कतिले देउवा यसरी मधेसीलाई पनि मनाउँदै संविधान संसोधन पनि गर्ने र चुनावको पनि पक्का गरेर अगाडी आउन खोज्नुले भावी सत्तामा उनको सिधा आँखा रहेको रुपमा व्याख्या गर्दै आएका छन् । खासगरी एमाले पंक्तिले देउवामा यस्तो दाउ रहेको बताउँदै आएको छ ।