१६ असार, डडेल्धुरा ।

नेपाली कांग्रेसका उम्मेदवार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामै पराजित भएका छन् । देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेले बाजी मारेपछि प्रधानमन्त्री देउवालाई चुनावी मतगणनाले धोका दिएको छ ।

अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा विश्वेश्वरप्रसाद ओझा र उपप्रमुखमा पनि एमालेकै संगीता भण्डारी विजयी भएका छन् ।

कांग्रेसको गढ मानिएको कांग्रेस पार्टी सभापतिकै गृह जिल्लामा विजय हात पारेपछि एमालेले अमरगढी नगरपालिकामा विजय उत्सव मनाईरहेको छ । नगरपालिकामा जित हात पार्ने ओझा र भण्डारी पहिलो जनप्रतिनिधि भएका छन् ।