७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आचार संहिता विरुद्ध काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले निष्पक्ष भएर काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई समेत आग्रह गरेका छन् । विकास गर्नका लागि पटक–पटक प्रधानमन्त्री हुन नपर्ने भन्दै भिजन भएका व्यक्तिले एक पटकमै काम गरेर देखाउने समेत बताए ।

यस्तै बामगठबन्धनको नेतृत्वमा सरकार निर्माण भएपछि मात्रै पार्टी एकता हुने ओलीले बताए । प्रतिनिधी र प्रदेशसभा निर्वाचनलगत्तै सरकार बन्ने र त्यसपछि एमाले र माओवादी केन्द्र बिच पार्टी एकता हुने अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले बामगठबन्धनको लक्ष्य अस्थिरता अन्त्य गरि देशमा स्थायित्व कायम गर्ने रहेको बताए ।

त्यसैका लागि पार्टी एकताको चरणमा रहेको भन्दै अध्यक्ष ओलीले चुनावपछि लगत्तै सरकार बन्ने र त्यसपछि एमाले र माओबादी केन्द्र बिच एकीकरण हुने बताए ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै अध्यक्ष ओलीले चुनाब गराउने र भाँड्नेको साँठगाँठले अचम्मित परेको टिप्पणी गरे । देउवालाई लक्षित गर्दै ओलीले विकास गर्न चार पटक प्रधानमन्त्री भइराख्नु नपर्ने धारण राखे ।