१६ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाउने काँग्रेसको प्रयास पनि असफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउन उनकै निवास बालकोट पुगेका शेरबहादुर देउवालाई ओलीले आफूहरुको सहमति बिना दुई तिहाई पुर्याएर देखाउन चुनौती दिए ।

बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई लिएर बालकोट पुगेका देउवाले ओलीलाई चुनाव गराउनुपर्ने भन्दै संविधान संसोधनमा सहमति गर्न प्रस्ताव गरेका थिए ।

तर ओलीले देउवाको प्रस्तावलाई ठाडै अस्विकार गरेका थिए । उनले अहिलेको आवश्यकता संसोधन भन्दा पनि चुनाव रहेको भन्दै संसोधन विधयेक कुनै हालतमा पास हुन नदिने जवाफ दिएका थिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीसहित एमालेका शीर्ष नेताहरुलाई हिजो बेलुकी वार्ता गरेका थिए ।