२८ चैत, काठमाडौं ।
आइजिपी प्रकरणदेखिको बढेको टसल उपप्रधानमन्त्रीको वरियताको विवादले सभापति शेरबहादुर देउवासँग झन् झाँगिंएपछि सम्बन्ध थप बिग्रिने डर र कांग्रेसमा प्रभाव नहुने डरका कारण उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि राजीनामा नदिने मुडमा पुगेका छन् ।

अझै निधिले आफूलाई प्रधानमन्त्रीपछिको वरियता नदिइए राजीनामा दिने घुर्की लगाउँदै गर्दा सभापति देउवाले आवश्यक पर्दा कृष्णप्रसाद सिटौला र पहिले कांग्रेस नै रहेका तर, पछि फोरममा पुगेका विजयकुमार गच्छदारलाई ल्याउने बताए पछि निधिले राजीनामा मुड त्यागेको चर्चा कांग्रेस वृत्तमा छ । कुनै बेला तराईमा कांग्रेसको खम्बा रहेका गच्छदार र संगठनमा राम्रै पकड भएका कृष्णप्रसाद सिटौलालाई समेट्ने तयारी देउवाले गर्दा निधि झस्किएको स्रोत बताउँछ ।

यस अघिदेखि देउवाले विश्वास गरेका कारण शक्तिमा जमे पनि देउवाको मुखमा सत्ता आउँदै गर्दा आफ्नो प्रतिष्ठा मात्रै खोज्दा देउवा भड्किने तथा पार्टीमा भूमिका नहुने भएपछि निधिले सोच परिवर्तन गर्ने भएका हुन् ।

वरियतामा आफ्नो असन्तुष्टि कायम राख्ने तर, मन्त्रिपरिषद् बैठकमा नजाने नीति निधिले लिएका छन् । आफ्नो मन्त्रालयबाट गर्नुपर्ने काम उनी सिधैं प्रधानमन्त्रीसँगको छलफलमा गर्ने तयारीमा छन् । तर, अब मन्त्रिपरिषद्मा नजाने उनी निकट स्रोत बताउँछ ।

राजीनामा दिने मुड बनाएका निधिलाई देउवाको यस्तो सुझाव

वरियता विवादकै कारण चैत ३ गते यता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका बेला नेपालमा राप्रपा अध्यक्ष कमल थापा र विमलेन्द्र निधि कसैलाई पनि उनले आफूपछिको वरियता दिएका थिएनन् । देउवासँगको छलफलपछि प्रधानमन्त्री प्रचण्ण्डले सत्तालाई बलियो बनाउन थापालाई आफूपछिको वरियतामा सहमति जनाएका थिए । तर, निधिले पहिलेजस्तै अहिले पनि आफू नै वरियतामा पहिलो रहेको बताउँदै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

निधिले राजीनामा दिनेसम्मको मनस्थिति बनाउपछि देउवाले अबको सत्तासमीकरण, पार्टीमा भूमिका, निर्वाचनको बेलामा राजीनामा जस्तो कठोर निर्णय नलिन भनेपछि निधि असन्तुष्टि देखाएको जस्तो गर्ने तर, देउवासँग बस्ने पक्षमा पुगेका हुन् ।

देउवाको गाउँ बुढानिलकण्ठमा टिकटको लागि आर्थिक चलखेल

आफूले देउवासँग निहुँ खोज्दा सिटौला र गच्छदार हावी हुँदा आफ्नो प्रभाव नै नहुने बुझेपछि निधि प्रतिष्ठाको लडाईंका बाबजुद चुपचाप लाग्ने भएका हुन् । साथै, अब ३१ वैशाखमा स्थानीय तहको चुनाव भएलगत्तै प्रचण्ड नेतृत्वको सरकार हट्ने र देउवा नेतृत्वमा सरकार बन्ने अवस्था भएकोले पनि निधिले अहिले जोखिम मोल्न नखोजेको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । पछिल्लो समय सिटौला देउवाको लाइनमा बोलिरहेका छन् । देउवाको दुतको रुपमा काम गरिरहेका छन् । गच्छदार पनि कांग्रेसमा आउने चर्चा चलिरहेको छ । सत्ता र शक्तिका लागि जस्तोसुकै जोखिम मोल्न र राजनीतिक दाउपेचका लागि तयार हुने गच्छदार पुनः कांग्रेसमा आउन विकल्प खुल्ला रहेको चर्चा कांग्रेसभित्र छ ।

विमलेन्द्र निधि अब देउवा गुटबाट पौडेल गुटमा !

फेरि देउवाले निधिलाई आफ्नो उत्तराधिकारी बनाउन खोजेका छन् । यस्तो बेला वरियता जस्तो सानो विवादमा आफ्नो राजनीतिक करियर नै डामाडोेल बनाउन नहुने सोच पनि निधिमा पलाएको बताइन्छ । देउवासँग असन्तुष्ट भएर पौडेल पक्षमा पुगे पनि निधिले सो पक्षमा अहिले पाउने केही पद नै नभएको पौडेल पक्षका एक केन्द्रीय सदस्यको भनाई छ ।