प्रयास पराजुली 

संविधान कार्यान्वयन गर्नका लागि लाग्नुपर्ने प्रमुख राजनीतिक दलहरु सत्ता लेनदेनमा केन्द्रीत हुँदा संविधानको भविष्य के होला ? भन्ने प्रश्न जन्मिएको छ । ठूलो दल कांग्रेस एमाले र माओवादी संविधान कार्यान्वयन भन्दा पनि सत्ता कसरी हत्याउने भन्ने खेलमा लागेका छन् ।

फाइल फोटो

पछिल्लो दस बर्षको अवधिमा नौ/नौ महिनामा सरकार परिवर्तन हुँदै आएको छ । सत्ता स्वार्थमा मिलेर दलहरु पुनः सत्ताकै लडार्इँमा लाग्दा संविधान कार्यान्वयन गर्नको लागि आवश्यक पर्ने निर्वाचनको मिति घोषणा हुन सकेको छैन् । निर्वाचनको लागि सहमति जुटाउनको लागि प्रमुख दल आ–आफ्नै एजेण्डा बोकेर दौडिएका छन् । देउवा र ओलीको मेल राजनीतिमा सधैँ सम्भवनाकै खेल मानिन्छ ।

कुन बेला कसले गोल गर्छन् अनुमान लाउनै गाह्रो

आफैले समर्थन गरेको सरकार ढालेर कांग्रेसको साथ लिएका प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल भए । कांग्रेस सभापति देउवासँग भएको भद्र सहमति अनुसार आगामी तीन महिनापछि प्रचण्डले सरकारको नेतृत्व देउवालाई हस्तान्तरण गर्नुपर्ने छ ।

नेपालमा चिनियाँ लगानीप्रति भारतको चासो

तर निर्वाचनको मिति घोषणा नभएको अवस्थामा अहिले नै सरकार छोड्न नसकिने अडान प्रचण्डले लिन लागेपछि देउवाले विकल्पको खोजी गर्न थालेका छन् । संविधान कार्यान्वयनको सुनिश्चितता भन्दा पनि देउवा आफ्नो प्रधानमन्त्री पद कसरी सुनिश्चित हुन्छ भन्ने ग्यारेन्टी चाहेका छन् ।

देउवा प्रचण्डसँग सशंकित भएका छन् । प्रचण्ड र देउवाबीच खटपट सुरु भएपछि देउवा र एमाले अध्यक्ष केपी ओलीको बीचमा अनौठो मेल देखिएको छ ।  देउवा र ओलीबीच देखिएको साँठगाँठले प्रचण्ड थप संशङ्कित बनेका छन् ।

मधेसी मोर्चालाई उचाल्ने प्रचण्डलाई हटाउने !

मधेसी मोर्चाले रातदिन संसदमा पेश भएको संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गर्नुपर्ने माग गर्दै आएको छ । तर परिमार्जनसहित विधेयक पारित गराउनको लागि सत्तारुढ दलसँग दुई तिहाई बहुमत छैन ।

प्रचण्ड र देउवा यसरी भए षड्यन्त्रको सिकार !

विधेयक प्रक्रियामा लगेपनि फेल हुनेमा प्रतिपक्ष दल एमाले ढुक्क छ । एमालेले अहिले मधेसी मोर्चालाई उचाल्ने काम गर्दै आएको छ । मधेसी मोर्चालाई जति गाली गर्यो त्यति नै सरकारसँग भड्किने नीति अनुसार एमाले अध्यक्ष ओलीले मधेसी मोर्चामाथि आरोप प्रत्यारोप गर्दै आएका छन् ।

मधेसी मोर्चा सरकार गठन भएको छ महिना वितिसक्दा समेत तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग रुष्ट बनेको छ । मधेसी मोर्चाले आफूहरुको माग सम्बोधन नभए पुनः आन्दोलनमा जाने धम्की र चेतावनी सरकारलाई दिँदै आएको छ ।

देउवा सक्रियताः ओली इन, प्रचण्ड आउट !

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अन्तिम तयारी गरेपछि मोर्चाको अडानको कारण प्रचण्ड ब्याक भएका थिए । यदि संविधान संशोधन विधेयक पारित नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चित छ । यसो गर्दा नैतिक रुपमा सरकारमाथि संकट पर्नेछ ।

राप्रपाका अध्यक्ष थापालाई तान्दै ओली

प्रचण्ड सरकार ढाल्ने एकपछि अर्को खेल सुरु भएको छ । सत्तारुढ दल राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने धुर्की र धम्की दिदै आएको छ ।

राप्रपाका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री सहित मालदार मन्त्रालय नपाएको भन्दै रुष्ट बन्दै आएका छन् । सत्तारुढ दल भएर पनि सार्वजनिक लेखा समितिको निर्वाचनमा एमालेको पक्षमा मतदान गरेर सरकारलाई असहयोगको नीति राप्रपाले लिएको छ ।

राप्रपाबाट सरकारमा दुई मन्त्री सहभागी छन् । सत्ता समीकरण बनेको अवस्थामा राप्रपाले जुनसुकै बेला पनि मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने अवस्था छ ।

राप्रपा बाहिरिने र मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वित्तिकै नयाँ सरकार गठनको तयारी गर्ने योजना अनुसार देउवा र ओली लागेको बुझिएको छ ।