६ फागुन, काठमाडौं ।
पाँच दिनभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमति निर्माणको लागि छलफलको लागि जुट्नुको सट्टा आज रोल्पा जाने भएका छन् । प्रचण्डले सत्तारुढ दल कांग्रेस, प्रमुख प्रतिपक्ष दल एमाले र मधेसी मोर्चासँग छलफल गर्ने बताए लगत्तै आज रोल्पा जाने भएका हुन् ।

फाइल तस्वीर

प्रचण्ड आज रोल्पा र नवलपरासी जाने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले बताएको छ । सचिवालयका अनुसार साँझ काठमाडौं फर्किएर प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्न सक्ने कार्यक्रम रहेको बताएको छ ।

माओवादीले संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनको मिति एक साथ घोषणा गर्ने तयारी गरेको छ ।