९ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा झण्डै ४ हजार मतले पछि परेकी माओवादी उमेद्बार रेणु दाहाललाई कम्ब्याक गर्न महत्वपूर्ण मानिएको १३ नम्बर वडामा उनले सुखद सुरुवात गरेकी छिन् ।

सुरुवाती ६ सय मतगणना हुँदा रेणुले प्रतिष्पर्धी देबी ज्ञवालीको भन्दा दोब्बर बढी मत ल्याएकी छिन् । ६ सय मतगणनामा देबीले १ सय ७० मत ल्याउँदा रेणुले ३ सय ४९ मत ल्याइन् । अहिलेसम्म आएका गणनाका नतिजामा रेणुले धेरै मत ल्याएको पहिलो पटक हो ।

पछिल्लो मत परिणाम अनुसार देवीले २६ हजार २ सय २६ र रेणुले २२ हजार ५ सय ६९ मत ल्याएका छन् । नेका/माके गठबन्धनको प्रभाव क्षेत्रका वडाहरुमा मत गणना हुन बाँकी रहेकाले रेणुले कम्ब्याक गर्दै चुनाव जित्ने गठबन्धनले दाबी गरेको छ ।